बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बस्ती हल्लाउने रातको हल्ला !

शनिवार , बैशाख ११, २०७८

सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न वडारुमा रातको समयमा पनि होटल संचालन भइरहेको छ । राती अबेरसम्म होटल संचालन गर्दै होहल्ला गर्ने क्रम बढिरहेको छ । मधुटार, बुद्वनगर, रातमाटा, ढुंग्रेवास, धुराबजार, मिलनचोक लगायत भित्रि गाउँहरुमा रातभर होटल संचालन गर्ने, मदिरा बेच्ने र होहल्ला गर्ने क्रम बढेको स्थानियले गुनासो गरेका छन् । राती कति बजेसम्म होटल संचालन गर्नपाईन्छ भन्ने स्पष्ट जानकारी हुदाँ पनि केहि संचालकहरुले लापर्वाही गरिरहेको अवस्था छ । खुलेआम घरेलु मदिरा देखि अन्य ब्राण्डका मदिरा बेच्दैँ रातको समयमा ग्राहकलाई सन्तुष्टि दिने संचालकले समाजमा कस्तो असर पर्छ भन्ने ख्याल गर्ने कोशिस गरेका छैनन् । त्यसैगरि, प्रहरीको गस्ती कम भएको सथानियले दुखेसो गरिरहेका छन् । विशेषगरि, रातको समयमा बजार क्षेत्र भन्दा भित्रि गाउँहरुमा राती अबेरसम्म होटल संचालन हुदैँ आएको छ । प्रहरीको गस्ती कम हुने ठाउँहरुमा निर्वाध रुपमा होटल रातको समयमा संचालन भइरहेको छ ।

तसर्थ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यो समस्याको समाधान गर्न गस्ती बढाउन जरुरी छ । त्यसैगरि, टोल विकास समिति, नागरिक समाज लगायत सरोकारवाला निकायले रातको समयमा समाजलाई नै प्रभावित बनाउने गतिविधि रोक्नतर्फ विेशष जोड दिन आवश्यक छ ।

प्रतिक्रिया