सिन्धुलीमा पछिल्लो समय अवैद्य रुपमा वन्यजन्तुको शिकार गर्ने क्रम बढेको छ । बुधबार मात्रै पनि केहि शिकारीहरु वन्यजन्तुको मासुसहित पक्राउ परेका छन् । भित्रि वनमा शिकारीहरु लुकिछिपि शिकारकालागि समूह बनाएर हिँड्ने गरेका छन् । शिकार पश्चात जंगलमै मासु काटि प्याकिङ गरेर घर ल्याउने गरेको पछिल्लो घट्नाहरुले देखाएको छ । जिल्लमा मृग, दुम्सि लगायत अन्य वन्यजन्तुहरुको शिकार दिनानुदिन बढिरहेको छ । सामुदायिक वनका सदस्यहरुको अनउपस्थितिका कारण पनि शिकारीहरु खुलेआम वन्यजन्तु मारिरहेका छन् । डढेँलोले सोत्तर पारेको वन्यजन्तु अहिले मान्छेको शिकारको निशानामा परेको छ । तसर्थ, अवैद्य शिकार रोक्न र नियन्त्रण गर्न वनका सदस्य, प्रहरी लगायत सरोकारावाला निकाय गम्भिर हुन आवश्यक छ । बेलैमा शिकारीहरुलाई पक्राउ गर्न सकिएन भने आगामी दिनमा वन्यजन्तु मार्न उनीहरुको मनोबल बढ्छ । त्यसैले, अवैद्य रुपमा वन्यजन्तुको शिकार गर्नेलाई पहिचान गरि कानुन बमोजिम कार्वाही गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
जिल्लामा वनले ठूलो क्षेत्र ओगटेको छ । केहि वन क्षेत्रमा नेपाली सेनापनि छन् । तर, अधिकांश जस्तो वन क्षेत्रमा कसैको उपस्थिति छैन । जसले गर्दा, चोरको हातमा चावि दिए सरह भएको । तसर्थ, वनको सुरक्षाकालागि जिम्मेवार निकाय चनाखो हुन जरुरी छ । त्यसैगरि, सेना, प्रहरी, सामुदायिक वनका सदस्य लगायत सम्बन्धित निकायले पनि वन्यजन्तुको सुरक्षाकालागि आवश्यक महत्वपुर्ण कदमम चाल्न तर्फ विशेष ध्यान केन्द्रित गर्नुपर्दछ ।