शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा ठुलो परिणाममा अबैद्य कपडा बरामद

बिहिवार , बैशाख ९, २०७८

सिन्धुली,०९– सिन्धुलीमा प्रहरील ठुलो परिणाममा अबैद्ये कपडा बरामद गरेको छ । सुनकोसी गाउँपालिका १ दुम्जा स्थित प्रहरी चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो ।

मरिणबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७३४३ नम्बरको यात्रुबहाक बस चेकजाँच गर्दा छत, डिकी तथा भित्र राखी काठमाडौँ लैजाँदै गरेको अवस्थामा कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी जानकारी दिनुभयो ।

चेकजाँचका क्रममा १६ वटा आइटम मा १९ थान देखी १ हजार ६३२ थान सम्मका कपडा बरामद गरेको उहाँको भनाई छ । बरामद गरिएको कपडाको अन्दाजी बजार मूल्य ७ लाख १६ हजार २० रुपैंया बराबरको रहेको लामाले बताउनु भयो ।

प्रहरीले कपडा सहित बस, बस चालक घ्याङलेख गाउँपालिका २ निवासी ३८ वर्षीय धनबहादुर स्याङतान र सह–चालक कमलामाई नगरपालिका ८ का ३२ वर्षीय राजकुमार लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस र कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया