सिन्धुली, – बिजुली बत्ति उपभोेग गरेको लामो समय बिति सक्दा पनि गोलन्जोर गाँउपालिका –५ हिर्दिङका उपभोक्ता प्राधिकरणले बिल नपठाउदा चिन्तित बनेका छन् ।
विश्व बैंकको सहयोगमा उक्त वडामा राष्ट्रिय विद्युत प्रसारण लाईन बिस्तार कार्य पुरा भई गत पुस २० गेतदेखि बिजुली बत्ति बाल्न पाएको भएपनि नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म बिल नपठाएको उपभोक्ताको गुनासो छ ।
स्थानीय उपभोक्ता बिबस थापाले घरमा राष्ट्रिय विद्युत प्रसारण लाईनको बत्ति बालेको झण्डै चार महिना पुग्न लागेपनि अहिलेसम्म बिजुली बत्ति बालेको बिल तिर्न नपाएको गुनसो गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, “घरमा बत्ति निःशुल्क बाल्न पाउदा त सबै उपभोक्ता रमाउने नै भए । तर भोलिका दिनमा जरिवाना सहितको एकै चोटी मोटो रकमको बिल आयो भने जिम्मेवार को ?” भन्ने प्रश्न उब्जिएको छ ।” गोलन्जोर गाँउपालिका–५ अर्थात साविक रतनचुरा गाविस वडा नं. ७, ८ र ९ का पाँच सय भन्दा बढी उपभोक्ता अहिले मासिक रुपमा विद्युत उपभोगको विल नपाउदा मारमा परेको उहाँको भनाई छ ।
नेपाल विद्युत प्राधिकरणले अन्यत्र मासिक रुपमा मिटर रिढिङ गर्ने कर्मचारी खटाई बिल उपलब्ध गराउदै आएको भएपनि त्यस क्षेत्रमा अहिलेसम्म कुनै पनि कर्मचारी नपुगेको स्थानीय बासिन्दा बताउछन् ।
यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सिन्धुली बितरण केन्द्रका प्रमुख सुनिलकुमार महतोले के भएको हो ? आफुले बुझेर तुरुन्तै कर्मचारी खटाई काम गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘के भएको हो, पहिले त म बुझ्छु । त्यो काम म गराउछु ।’