बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अरुको भर नपरौँ

सोमवार , बैशाख ६, २०७८

नेपालमा निर्यात र आयाति वस्तुको अनुपात १२ः १ रहेको छ । यसको मतलब हामीले एक रुपैँयाको निर्यात गर्दा १२ रुपैँको वस्तु आयात गरिरहेका छौँ । नेपालको अर्थतन्त्र कमजोर हुनुको कारण परनिर्भरता पनि हो । आफू सक्षम हुदाहुदैँ पनि धेरै वस्तुमा नेपाल आत्मनिर्भर हुन सकेको छैन । राज्यको कमजोर नितिका कारण परनिर्भरता बढिरहेको छ । कृषि सामाग्री देखि लिएर अत्यावश्यक सामाग्रीमा नेपाल अन्य देशसँग निर्भर छ । यस्ले गर्दा अन्य देशमा कुनै पनि समस्या हुँदा त्यस्ले नेपालमा प्रत्यक्ष रुपमा असर परिरहेको हुन्छ । अन्य देशमा कुनै चिजको अभाव सिर्जना भएसँगै नेपालमा पनि त्यस्ले असर पु¥याउने गरेको छ । परनिर्भरताले नेपाललाई बारम्बार सताउने गरेको छ । हरेक वस्तुमा आत्मनिर्भर हुन नसक्दा जनताले बेलाबेला चर्को मुल्य लगायतका समस्याहरुसँग झेल्नुपर्छ । यसरी हरेक चिजमा अरु देशसँग निर्भर हुँदा नेपालीले अभाव र चर्को मुल्यको सामना गर्नुपर्छ । अभावको बेलामात्र आत्मनिर्भरतालाई बढावा गर्ने आश्वासन नेताहरुले जतिनै दिएपनि देशमै रोजगारको सिर्जना गर्न कसैले प्रयास गरेका छैनन् ।

नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने हो भने सर्वप्रथम आयात र निर्यातको अनुपात समान बनाउतर्फ राज्य अग्रसर हुनुपर्छ । देशमै उत्पादन हुने लगायत संभावनका भएका वस्तुको उत्पादनमा राज्यले विशेष जोड दिदैँ बढि भन्दा बढि उद्योग खोल्नतर्फ विशेष जोड दिन आवश्यक छ । परनिर्भरतालाई कम गर्न सरकारले देशमै रोजगारको व्यवस्था सिर्जना गर्न आवश्यक छ । किनभने, जनशक्तिको अभावले गर्दा पनि नेपालीहरु परनिर्भर भएका छन् । अतः अरुको भर पर्ने बानिलाई त्यागि आफू आत्मनिर्भर हुन तर्फ हरेक नागरिकले आफ्नो क्षेत्रबाट योग्दान गर्न जरुरी छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया