सिन्धुलीका स्थानीय तहहरुमा स्थानीय स्तरमा कयौँ आयोजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुदैँ आएको छ । उपभोक्ता समितिमार्फत गरिएको काम पारदर्शि हुने विश्वास गरिन्छ । तर, केहि आयोजनाहरुमा भने आर्थिक अनियमिततासँगै गुणस्तरहिन काम भएको गुनासो आउने गरेको छ । उपभोक्ता समिति गठन गर्नेबेलानै लापर्वाही हुदाँ समस्याहरु निम्तने गरेको छ । समिति गठन गर्नकालागि निश्चित कार्यविधि बनाइएको हुन्छ । तर, जनप्रतिनिधिकै नजिकका मानिसहरु समितिमा निर्णायक भुमिकामा रहेका हुन्छन् । गुणस्तरहिन काम हुदाँ समेत स्थानिय तहबाट रकम विनियोजन हुने गर्दछ । प्राविधिकबाट आयोजनाको अनुगमन भएपनि औपचारिकताकालागि मात्र अनुगमन हुने गर्दछ । उपभोक्ताको नाममा गठन हुने समितिमा आफूखुशि भुमिका बाँडफाँट गर्दा यस्ता समस्याहरु देखिने गरेको छ । तसर्थ, यी समस्याहरुलाई मध्यनजरु गर्दै स्थानिय तहले आयोजनाको गुणस्तरीयतालाई प्राथमिकतामा राख्न जरुरी छ । उपभोक्त समितिको गठन गर्ने भेला आयोजना गर्दा नगर कार्यपालिकाले तोकेको सम्बन्धित वडाको निर्वाचित सदस्यको उपस्थिति गर्नुपर्ने हुन्छ । जनप्रतिनिधिनै उपस्थित भएको सभामा सक्षम व्यक्ति समितिमा चयन हुनुपर्ने हो । तर, आफूखुशि मान्छे भर्ति गरिने प्रवृद्धिले आयोजना लथालिंग हुने गरेको छ ।
जिल्लामा उपभोक्ता समितिमार्फत गरिएको कामहरु समयमै सम्पन्न हुने गरेको छ । तर, केहि आयोजनाहरुमा भने समितिको चरम लापर्वाही देखिदैँ आएको छ । तसर्थ, त्यस्ता आयोजनाहरुलाई स्थानिय तहले निगरानिमा राख्न जरुरी छ । उपभोक्त समितिमार्फत गरिएको काम पारदर्शि र गुणस्तरीय हुने विभिन्न आयोजनाहरुले देखाएको हुँदा समितिको कामप्रति गुनासो आउन नदिन सम्बन्धित पक्षले आवश्यक कदम चाल्नुपर्दछ । अतः उपभोक्ता समितिको कामको निगरानि गर्न जिम्मेवार निकाय थप सक्रिय हुन आवश्यक छ ।