शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

शिद्वस्थली इङलिस बोर्डिङद्वारा बिद्यार्थी दिक्षित

आइतवार , बैशाख ५, २०७८

सिन्धुली,०५ बैशाख – शिद्वस्थली इङलिस बोर्डिङ स्कुलले पुर्व प्राथामिक तह उत्तीर्ण गरि प्राथामिक तह प्रवेश गरेका आफ्ना बिद्यार्थीहरूलाई एक समारोह बीच दिक्षित गरेको छ । जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पुर्व प्राथामिक तह सञ्चालन गरिरहेको बिद्यालयले २०७३ सालदेखी आफ्ना बिधार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनको सुरूवात गरेको हो । कक्षा १ मा प्रवेश गरेका ५२ जना दबिधार्थीहरूलाई दिक्षित गर्दै प्रमाणपत्र प्रदान गरेको छ।

बिद्यालयकी निर्देशक लक्ष्मी प्रधान को अध्यक्षतामा भएको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले आफ्ना बालवालिकाहरूलाई बिधालय पठाएर मात्र होईन अभिभावकहरूले घरमा पनि शिक्षा र संस्कार सिकाउन जरूरी रहेको बताउनुभयो ।

भबिष्यका कर्णधार बालवालिकाहरू नै भएकाल बाल मस्तिष्क देखीनै सामाजिक संस्कार र संस्कृति सिकाउदै लानुपर्नेमा जोड उहाँले जोड दिनुभयो ।

कोभिड–१९ का कारण बालबालिकाहरूले पढ्न नपाएको बताउँदै सुरक्षा साबधानी अपनाएर बिधालयहरू निरन्तर सञ्चालन गरिनु पर्ने उहाको भनाई थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्याबसनका केन्द्रीय सदस्य तथा बिधालयका प्रिन्सीपल ओम प्रधानले आफ्नो बिद्यालय सधै बिधार्थीहरूको भबिष्य प्रति चिन्तित भएर अगाडि बढीरहेको बताउँदै आगामी दिनहरूमा प्रबिधीमा भएको बिकाससँगै अझ बिद्यालयलाई बिकास गर्दै लगिने प्रतिबद्वता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया