शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमला माविका २०४६ सालका एसएलसी व्याजी भेला हुने

आइतवार , बैशाख ५, २०७८

सिन्धुली,०५ बैशाख – कमलामाई नगरपालिका–४ ढुंग्रेबासस्थित कमला माविबाट २०४६ सालमा एसएलसि परिक्षा दिएका व्याजीहरुको भेला हुने भएको छ ।

सदरमुकाम सिन्धुलीमाढीमा उपलब्ध भएका उक्त सालको एसएलसी परिक्षा व्याजीहरुको शनिबार भएको भेलाले हाल उक्त विद्यालयमा कार्यरत शिक्षक टिकाराम श्रेष्ठको संयोजकत्वमा नौँ सदस्यीय भेला आयोजनक समिति गठन गरी तयारी गरेको हो ।

उक्त समितिका सचिब गोपाल पौडेलले भन्नुभयो, “उक्त भेला गर्न सदरमुकाममा उपलब्ध ३१ जना साथि भेला भएर शनिबार आयोजक तथा तयारी समिति बनाएका छौ । संभवत आईतबार नै बैठक बसेर २०४६ सालको एसएलसि परिक्षा दिएका साथीहरुको भेला गर्न मिति तोक्छौं ।”

उक्त भेलामा कमला मावि पूर्व विद्यार्थी समाज गठन गर्ने, गुरुलाई सम्मान गर्ने र पिकनिक आयोजना गरी रमाईलो गर्ने लगायतका कार्यक्रम तय गरिने पनि उहाँले सुनाउनुभयो । २०४६ सालमा कमला माविबाट १४९ जनाले एसएलसि परिक्षा दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया