सिन्धुली लगायत देशभर कोरोना भाइरसको जोखिम दिनानुदिन बढिरहेको छ । कोरोनाको नयाँ भेरियन्ट देखापरेसँगै नेपाल सरकारले शैक्षिक संस्थाका बारेमा वजनदार कदम चाल्न सकिरहेको छैन । सरोकारवाला निकायबिच नै शैक्षिक संस्था खोल्ने कि बन्द गर्ने भन्ने मतभेद छ । कोरोना भाइरसको उच्च जोखिममा बालबालिका छन् । अहिलेको अवस्थामा बालबालिकालाई जोखिमयुक्त स्थानमा राख्नु उपयुक्त हुदैँन । यसको मतलब शैक्षिक संस्थामा बालबालिकाहरु जोखिममा छन् । दिनहुँ जसो कोरोना संक्रमितको संख्या बढिरहेको हुँदा कसरी नागरिकलाई सुरक्षित राख्ने भनेर राज्यले ठोस कदम चाल्न जरुरी छ । भर्चुअल माध्यमबाट पठनपाठन गर्ने वातावरण बनाउनकालागि शैक्षिक संस्था तयारी अवस्था रहन यथासिघ्र आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन । अघिल्लो पटक कोरोना भाइरसको जोखिम कम गर्नकालागि विभिन्न प्रयासहरु भएको थियो । अहिले फेरि पनि कोरोनाको जोखिम बढिरहेका हुँदा राज्यले महत्वपुर्ण कदम चाल्न ढिलाई गर्नुहुदैँन ।
भारतसँगको नजिक दुरीका कारण सिन्धुली जिल्लामा पनि कोरोना भाइरसको जोखिम बढ्दो छ । त्यसैले स्थानिय सरकारले कसरी कोरोनाको जोखिम न्युनिकरण गर्न सकिन्छ भनेर बृहत छलफल गर्न जरुरी छ । बालबालिका मात्र नभएर बृद्धबृद्धाहरु पनि कोरोना भाइरसको जोखिममा छन् । तसर्थ, स्थानिय सरकारले नागरिकको सुरक्षाकालागि सावधानि अपनाउन कञ्जुस्याँई गर्नुहुदैँन । अतः शैक्षिक संस्था लगायत भिडभाड हुने क्षेत्रमा जोखिम बढि भएको हुँदा आवश्यक कदम चाल्न स्थानिय सकार लगायत केन्द्रिय सरकारले ढिलाई नगरि आवश्यक कदम चाल्न जरुरी छ ।