शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नायब सुब्बा पुरुषोत्तम दाहाल राष्ट्रपतिबाट सम्मानित

बिहिवार , बैशाख २, २०७८

सिन्धुली– मालपोत कार्यालय सिन्धुलीका नायब सुब्बा पुरुषोत्तम दाहाल राष्ट्रपति विद्या देवी भण्डारीवाट जनसेवा श्री पञ्चम द्वारा विभूषित हुनुभएको छ । निजामती सेवामा रहेर ऊत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नेपाल सरकारले दाहाललाई जनसेवा श्रि विभुषणबाट बुधबार सम्मानित गरिएको हो ।

दाहाल निजाती कर्मचारी भइ सेवा गर्न थालेको ११ वर्ष भएको छ ।

विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पु¥याएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीसहित सम्मान गर्नुभएको हो । शीतल निवासमा बुधबार आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले ४५२ जनालाई विभूषित गर्नुभएको हो । मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई वैशाख १ गते विभूषित गरिएको हो ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलंकारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो ।

यस्तै बुधबार वितरण गरिएको मानपदवीमा लिम्पियाधुरा–लिपुलेकसहितको नेपालको नयाँ नक्सा अंकित गरिएको छ । यसअघि वितरण गरिएको मानपदवीमा पुरानै नक्सा अंकित गरिएपछि त्यसको आलोचना भएको थियो ।

 

प्रतिक्रिया