सिन्धुली,२९ चैत्र – कमलामाई नगरपालिकाको पशु शाखाको आयोजनामा भएको पशु स्वास्थ्य तथा बाँझोपन निबारण शिबिरबाट ३१४ जना किसान लाभान्वित भएका छन् ।
कमलामाई नगरपालिकाको चालु आर्थिक बर्ष ०७७/०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं. ७ को पल्लो रामपुरमा चैत २६ गते, वडा नं. १० को गौरुङटोलमा चैत २० गते र वडा नं. १२ को बाँझेमा चैत १६ गते उक्त शिबिर सम्पन्न भएको हो ।
कमलामाई नगरपालिका पशु शाखा प्रमुख मिनबहादुर थापाका अनुसार उक्त शिविरबाट पल्लो रामपुरमा ९० जना, गौरुङटोलमा ११३ जना र बाँझेमा १११ जना पशुपालक कृषक लाभान्वित भएका छन् ।
शिबिरमा पशुहरु बाली भएपछि उल्टि रहने, साँढे नखोज्ने र बिरामी पशुको उपचार गरि आन्तरिक तथा बाहिय परिजीबी बिरुद्धको औषधि निःशुल्क बितरण गरिएको उहाँले बताउनुभयो । शिबिरमा करिब चार सय बाख्रालाई पिपिआर रोग बिरुद्धको खोप पनि दिईएको उहाँको भनाई छ ।
उक्त एक दिने निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर कमलामाई नगरपालिकाका नगर उप प्रमुख तथा कृषि समितिका संयोजक श्री मञ्जु देवकोटाज्युको प्रमुख अतिथ्यता र सम्वन्धित वडाका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको उक्त शाखाले जनाएको छ ।