सिन्धुली २९ चैत्र – काभ्रेको नमोबुद्धमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो। आज धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको ना ५ त ६०८७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी सिन्धुलीको मरिण गाउँपालिका–५ का १७ वर्षीय झलक विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्रयाक्टर तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकम एसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । ट्रयाक्टर सडकबाट करिब ३० फिट तल खसेको छ।
शव पोष्टमाटमका लागि धुलिखेल समुदायिक अस्पतालमा राखिएको छ। ट्रयाक्टर चालक मरिण–५ का २४ वर्षीय बिमान विकलाई प्रहरी चौकी भकुण्डेबेशीले नियन्त्रणमा लिएको छ।