काठमाडाै,२९,चैत्र – साताको पहिलो दिन नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
अमेरिकन डलर केही दिन यता महँगो भइरहेकोमा आइतवार भने स्थिर रहेको हो । शनिवार पनि डलर सोही मूल्यमा थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
