शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका तामाङ मृत अवस्थामा जंगलमा फेला

शनिवार , चैत्र २१, २०७७

उपचारको लागि अस्पतालमा भर्ना हुनु भएका सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली निवासी ७७ बर्षिय धनबहादुर तामाङ शुक्रबार बिहान मृत अवस्थामा जङगलमा फेला पर्नु भएको छ ।

महोत्तरी जिल्लाको बर्दिबासस्थित शुभस्वस्तीक अस्पतालमा चैत १८ गते दिउसो भर्ना हुनु भएका दमका बिरामी तमाङ पूर्वपश्चिम राजमार्गको ढोलान पुल नजिकै जङगलमा शुक्रबार बिहान मृत अवस्थामा फेला पर्नु भएको आफन्तले बताएका छन् । मृतकका छोरा भिमबहादुर तामाङका अनुसार गाँउकै सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमा गरी रिफर गरेपछि दमका बिरामी तमाङलाई उपचारका लागि बर्दिबासस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

‘हामी खाना खान निस्किएको बेला बुबा हातमा स्लाईन पानी चढाएको क्यानलसहित बिहिबार बिहान १० बजेर ४० मिनेटमा अस्पतालबाट निस्किएर हिडेको सिसि क्यामरामा देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा भर्ना गरेको बिरामीको जिम्मा अस्पतालले त लिनु प¥यो नी । हामी नभएको बेला एक्लै निस्किएर किन हिड्न दियो ?’

बिरामी अस्पतालबाट निस्किएर हिडी हराएपछि खोजतलासका लागि आफन्तले बिहिबार नै बर्दिबास गौरीडाँडास्थित प्रहरी चौकीमा उजुरी दिएको र सबैले मिलेर खोज्दा पूर्वपश्चिम राजमार्गको ढोलना पुल नजिक जङगलमा मृत अवस्थामा बिरामीलाई फेला पारेको उहाँको गुनासो छ ।

उक्त समस्या अस्पताल प्रशासन समक्ष राख्दा कानुनी बाटो जानुस भनि पन्छिएको मृतकका परिवारको गुनासो छ । यस सम्बन्धमा बुझ्न अस्पताल सञ्चालक दिपककुमार कार्कीलाई टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया