शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा युवा संघका पदाधिकारीलाई सम्मान (भिडियो)

बुधवार , चैत्र १८, २०७७

सिन्धुली– राष्ट्रिय युवा संघ, सिन्धुलीले केन्द्रीय कमिटिमा मनोनित हुनुहुने पदाधिकारी एवं केन्द्रीय सदस्यलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार पार्टी कार्यालयमा संघको केन्द्रिय उपाध्यक्ष पुष्प श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि विषमलाल अधिकारी, प्रदिप कटुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष पुष्प श्रेष्ठले युवाहरुको एक्यबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाहरु जुटेर देशको विकास र समृद्धिमा हात हाल्नुपर्छ । युवा जुटे देश बन्न समय लाग्दैन ।’ उहाँले नेकपा एमाले बलियो पार्टी भएको र प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देशले कायापलट गरिरहेको बताउनुभयो ।

https://www.facebook.com/100001347843435/videos/pcb.3798515880203303/3798549926866565

प्रतिक्रिया