शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नक्कली नोट छाप्दाछाप्दै मध्यराती छापा

बिहिवार , चैत्र १२, २०७७

काठमाडौं, १२ चैत्र - नक्कली नोट बनाउने गरेको सूचनाको आधारमा प्रहरीले गए राती साढे ११ बजे कीर्तिपुरस्थित समल टोलको एउटा घरमा छापा मार्दा नोट बनाउने मेशिन र एक हजार तथा पाँच सय दरका नोट ७७ हजार रुपैयाँ बरामद भएको छ ।

सिन्धुली मरिन गापा ३ घर भई हाल कीर्तिपुर वडा नं ३,समल टोल बस्ने घर निर्माण कार्य (ज्यामी) मा सम्लग्न वर्ष ३९ की नीता तामाङबाट ५०० दरका ९ वटा जाली नोट रहेको खवर प्राप्त भएसङ्गै परिचालित प्रहरीले कीर्तिपुर नगरपालिका–३, समल टोलस्थित बेखालाल महर्जनको घरमा माघ ७ गतेदेखि डेरा गरी बसेका रौतहट,रंगपुर–५, का गनबहादुर लोप्चनलाई नक्कली नोट छापिरहेको अवस्थामा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले प्रहरी वृत्त कीर्तिपुरसँगको समन्वयमा नक्कली नेपाली रुपैयाँ छाप्दै गरेका लोप्चनलाई ७७ हजार नक्कली रुपैयाँसहित नक्कली रुपैयाँ छाप्ने कार्यमा प्रयोग हुने विभिन्न सामान समेत बरामद गरेको छ ।

राती नै आवश्यक अनुसन्धानको लागि कालिमाटी प्रहरी वृत्त पुर्याइएका लोप्चनसँगै छाप्दै गरेको हजारको नोट ४९ थान, छाप्दै गरेको पाँच सयको नोट ५६ थान, इप्सन ब्रान्डको थ्री वान प्रिन्टर मेसिन, फोटोकपी पेपर, पेपर कटर, स्ट्यापलर, निजको नागरिकता र राहदानी पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

जन आस्थाबाट साभार ।

प्रतिक्रिया