सिन्धुली,११ चैत्र – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधबार एक सूचना प्रकाशित गरी कोभिड–१९ को प्रभाव पुनः बढ्न सक्ने भएको हुदा मास्कको अनिबार्य प्रयोग गर्न आग्रह गरेको छ ।

छिमेकी जिल्ला भारतमा कोभिड–१९ को प्रकोप पुनः सक्रिय भई संक्रमितको दर बढ्दै गई मृत्यु दर बढ्दै गएकोले नेपालमा समेत सतर्कता अप्नाउन आग्रह गरिएको कार्यालयले जनाएको छ ।
कोभिड–१९ को प्रभावलाई नियन्त्रण गर्न बुधवारका देखि सबै कर्मचारीलाई र सेवाग्राहीलाई मास्क प्रयोग अनिबार्य गरीएको उक्त कार्यालयले जनाएको छ ।