शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका कार्की युवा संघको केन्द्रीय सचिवालय सदस्यमा मनोनित

मंगलवार , चैत्र १०, २०७७

युवा व्यवसायी बेनि बहादुर कार्की राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका छन् । शिव बहादुर कार्की फाउण्डेसनका अध्यक्ष एवं डिडि हुमन रिसोर्स प्रालिका सञ्चालक समेत रहेका कार्की संघको सचिवालय सदस्यमा मनोनित भएका हुन् । सिन्धुली घर भएका कार्की विगत देखि सफल व्यवसायीको रुपमा चिनिदै आएका छन् ।

संघको दोश्रो पुर्ण बैठक नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख अतिथ्यता र संघको सहसंयोजक रमेशकुमार पौडेलको अध्यक्षतामा गत माघ २५ र २६ गते सम्पन्न भएको थियो । उक्त बैठकले बचन बहादुर सिंहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै कमिटी पुनर्गठन गरेको थियो । त्यसैगरी फागुन ११ र १२ गते नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम पुर्ण बैठक बसि विभिन्न निर्णय गरेको छ ।

प्रतिक्रिया