डोल्पामा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेमा प्रवेश गर्नेको संख्या बढिरहेको छ । केहि समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कर्ण बुढासहित डोल्पाका ५३ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका बुढाले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको वडा नं. १ मा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य एवं संगठित सदस्य तेजेन्द्रबहादुर रोकायलाई पार्टीमा भित्र्याएका छन् ।
युवा संघका केन्द्रीय सदस्य रोकायलाई कांग्रेसका केन्द्रीय सदस्य बुढाले पार्टीम स्वागत गरेका हुन् । रोकायले आफूसँगै वडाका ६५ जना युवा र स्थानीयलाई कांग्रेसमा ल्याएर प्रवेश गराएका छन् । नेपाली कांग्रेसमा पार्टी प्रवेश गर्नेको संख्या बढेसँगै डोल्पामा कांग्रेस मजबुत बन्दै गरेको नेबि संघ पुर्व केन्द्रिय सदस्य एवम निर्माण व्यवसायि बिभाग केन्द्रिय सदस्य तथा पार्टि महाधिवेशन प्रतिनिधि पुर्ण बहादुर शाहिले सिन्धुली सौगातलाई बताएका छन् ।
एमाले र युवा संघ परित्याग गरेर कांग्रेस प्रवेश गरेका रोकायले डोल्पामा कांग्रेसले अबको निर्वाचनमा क्लीन स्वीप गर्ने बताए । ‘डोल्पामा कांग्रेसले अबको निर्वाचन जित्नेछ’, उनले भने, ‘कम्युनिस्टहरूको व्यक्तिगत स्वार्थ र चरित्रविरुद्ध जनता सचेत भएका छन् । कम्युनिस्टका मतदाताले कांग्रेसलाई बिकल्पका रुपमा लिएका छन् ।’ कांग्रेसलाई भोट हाल्न एमालेका मतदाताहरू आतुर भएर बसेको रोकायले बताए । कांग्रेसमा प्रवेश गरेका युवा संघका केन्द्रीय सदस्य रोकाय डोल्पाका लोकप्रिय युवा नेता हुन् ।
ठूलीभेरी नगरपालिका– १ निवासी रोकाय युवाका ढुकढुकी हुन् । २०६२ सालदेखि एमालेको सांगठानिक सदस्य रहेका रोकाय डोल्पाको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । युवा संघ डोल्ला जिल्लाको सचिवको जिम्मेवारी चलाएका रोकाय स्थानीय चुनावमा वडाध्यक्षमा झिनो मतले पराजित भएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य कर्ण बुढाले नवप्रवेसीहरूलाई उच्च राजनीतिक मनोवलका साथ काम गर्न निर्देशन दिएका छन् । केन्द्रीय सदस्य बुढाले डोल्पा कांग्रेसका युवा र पुराना नेताहरूलाई साथमा लिएर संगठन निर्माण गर्दै आएका छन् ।
डोल्पा कांग्रेसका क्षेत्रीय सभापति बेगमसिंह ठकुरीले पनि डोल्पामा कांग्रेसप्रति कम्युनिस्टका कार्यकर्ताको आकर्षण बढ्दै गएको बताए ।
पार्टी प्रवेश कार्यक्रममा महासमिति सदस्य गौरि शंकर उपाध्याय, पार्टी जिल्ला उपसभापति श्याम रोकाया, पार्टी जिल्ला सचिब हिक्मत शाहि, नेबि संघ पुर्व केन्द्रिय सदस्य एवम निर्माण ब्यबसायि बिभाग केन्द्रिय सदस्य तथा पार्टि महाधिवेशन प्रतिनिधि पुर्ण बहादुर शाहि, जिल्ला कमिटि सदस्यहरु बेगम सिंह ठकुरि र लब कुमार शाहि र तरुण दल जिल्ला अध्यक्ष तुल बहादुर बोहोराको उपस्थिति थियो ।
पार्टी प्रवेशपछि बोल्दै नेताहरुले डोल्पामा कांग्रेसलाई २०४८ कै कांग्रेसको अवस्थामा ल्याउने दाबी गरे । कांग्रेसले २०४८ यता डोल्पाबाट कुनै चुनाव जित्न सकेको छैन ।