सिन्धुली – डिस होमको डिलर दाई डिस्काउन्ट अफर अन्र्तगत देशभरिकै लक्कि ड्र बाट सिन्धुलीको तिनपाटन गाउँपालिका बाहुनतिल्पुङका खगेन्द्र प्रसाद सापकोटा बिजयी हुनुभएको छ । डिस होमको बार्षिक रिचार्ज गर्दा बाहुनतिल्पुङ निवासी सापकोटा बिजयि हुनु भएको हो ।
बिजेता सापकोटालाई सोमवार डिस होम नेटवर्कले सिन्धुलीमा एक औपचारिक कार्यक्रमका बिच १ लाख नगद हस्तान्तरण गरेको छ । साथै सापकोटालाई बिजेता बनाउन सहयोग गर्ने डिलर दाईको डिस्काउन्ट रिचार्ज गराउने बाहुँन तिल्पुङकै अर्जुन जनरल स्टोरका प्रोप्राईटर अर्जुन अधिकारी लाई १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी डिस होम नेटवर्कले सोमवारनै सिन्धुली जिल्लाका डिलर प्रमुख लाई १ दिने तालिमको आयोजना गरेको थियो । तालिममा मोबाइलमै डिस होम हेर्ने तरिका,बिभिन्न सिरिजहरु समेटिएको एक्स भिओडि को बिषयमा जानकारि गराइएको जनकपुर अञ्चलका डिस होमका इन्चार्ज शिब निरौलाले जानकारि दिनुभयो ।
त्यस्तै चैत्र १९ गतेबाट हरेक हप्ताको लक्कि ड्र मार्फत २ जोडिलाई एक हप्ता थाइल्याण्ड भ्रमण गराइने पनि उहाँले जानकारि दिनुभयो । यसका लागि ग्राहकले हप्तामा जतिको रिचार्ज गरेपनि लक्कि ड्र पर्न सक्ने उहाँले बताउनु भयो । कार्यक्रममा डिस होमका रिजनल म्यानेजर सन्जिब कार्की,डिसहोमका सर्भिस सुपरभाइजर शिबराम मण्डल,डिस होमका डिस्टिव्युटर क्षितिज इलेक्ट्रोनिकका प्रोपाइटर किरण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।