बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सहकारीको बदमासी नियमन गर

सोमवार , चैत्र ९, २०७७

सिन्धुलीमा संचालनमा आएका केहि सहकारीले बदमासी गरेको सहकारीका सदस्यहरुले गुनासौ गर्दै आएका छन् । मापदण्ड र नियम विपरित ऋण प्रवाह गर्ने, निक्षेपकर्तालाई निक्षेप फिर्ता नगर्ने, संचालकले मनलाग्दी ऋण प्रवाह गर्ने जस्ता दर्जनौँ समस्याहरु जिल्लाका सहकारीहरुमा देखिदैँ आएको छ । सहकार्यको माध्यमबाट एकले अर्कोलाई सहयोग गर्ने, सामजिक उत्पीडनबाट मुक्ति दिलाउने लगायत समान आर्थिक हैसियत कायम गर्न सहकारीको महत्वपुर्ण भुमिका हुन्छ । तर, जिल्लामा संचालित सहकारीबाट निक्षेपकर्ता भन्दा संचालक लाभान्वित भएको अवस्था छ । संचालक समितिका सदस्यहरुले आफूखुशी काम गर्दा लाभग्राहीहरु सेवासुविधाबाट वञ्चित भएका छन् । स्थानिय सरकारले सहकारीमा देखिएको चरम बेथितिलाई नियन्त्रण गर्न खासै पहलदारी कदम चाल्न सकेका छैनन् । संचालक तथा व्यवस्थापनले मनोमानि ढंगमा रकम चलाउदाँ अन्य सदस्यहरु भने सहकारीबाट लाभान्वित हुन सकिरहेका छैनन् । तसर्थ, स्थानिय सरकार, जिल्ला सहकारी संघ लगायत सम्बन्धित निकायले जिल्लाका सहकारीहरुमा देखिएको बेथितिलाई नियमन गर्न आवश्यक कदम चाल्न कञ्जुुस्यार्इँ गर्नुहुदैँन ।

सहकारी विभागको २०७७ मंसिर सम्मको तथ्यांक अनुसार हाल मूलुकभर विभिन्न प्रकारको कारोबारस“ग सम्बन्धित २९,८८६ सहकारी संस्थाहरु रहेका छन् जसमध्ये संघीय सरकार अन्तर्गत १२५, प्रदेश सरकार अन्तर्गत ६००२ सहकारी र स्थानिय निकाय २३७५९ सहकारी रहेका छन् । नियामक निकाय विभाग, प्रदेश र स्थानीय सरकारले सहकारीको प्रभावकारी अनुगमन नगर्दा सहकारीमा बेथिति मौलाएको छ । सीमित सञ्चालकले मनोमानी गर्दा सहकारीबाट सर्वसाधरणले फाइदा लिन नसकेको अवस्था छ । अधिकांश संस्थाले सहकारीका मूल्य–मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तको प्रयोग र पालना नगरी आफूखुसी कारोबार गर्दा सहकारीमा जोखिम बढेको छ । तसर्थ, जिल्लाका सहकारीहरु सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार संचालित छन् कि छैनन् भनेर अनुगमन गर्नतर्फ स्थानिय सरकार लगायत जिम्मेवार निकायले ध्यान दिन जरुरी छ । अतः सहकारीमा देखिएको बदमासिलाई नियन्त्रण गर्न सरोकारवाल निकायपनि मौन भएर बस्नुहुदैँन ।

 

प्रतिक्रिया