शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

चलचित्र ‘हिरो रिटर्नस’को च्यारिटी शो आज पनि हुने

शनिवार , चैत्र ७, २०७७

सिन्धुली,०७ – नेपाली कथानक चलचित्र हिरो रिटर्नसको च्यारिटी शो एक समारोहका बिच सिन्धुलिमाढीमा शुक्रवार प्रर्दशन गरिएको छ । चलचित्रमा नायकको भुमिकामा रहनु भएका सबिन श्रेष्ठ र मुख्य खलनायक पात्रको भुमिकामा रहनु भएका सरोज खनालको विशेष उपस्थितिमा च्यारिटी शोको आयोजना गरिएको हो ।

सिन्धु इभेन्ट सिन्धुलीले आयोजना गरेको च्यारिटी शोलाई दर्शकको चाहानालाई मध्यनजर गरेर शनिबार ११ बजे प्रयास होटलमा आयोजना गर्न लागिएको सिन्धु इभेन्टका प्रमुख प्रीन्सराजले बताउनु भयो । च्यारिटी शो बाट संकलित केही रकम सिन्धुलिमा निर्माणाधिन कलाघरलाइ सहयोग गर्ने लक्ष आयोजक संस्थाले राखेको छ ।

शनिबार समेत आयोजना गर्न लागिएको च्यारिटी शोमा नायक सबिन श्रेष्ठ, बरिष्ठ कलाकार सरोज खनाल, गायक सपन श्रेष्ठ, सिन्धुली कलाघर समेतको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

एक्सन फिल्मको रुपमा निर्माण गरिएको नेपाली कथानक चलचित्र हिरो रिटर्नसमा सविन श्रेष्ठसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जन, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको लिड अभिनय रहेको छ ।

फिल्मलाई आशिष भेटवालले निर्देशन गर्नु भएको छ । सविन फिल्मस् को ब्यानरमा बनेको फिल्ममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया