सिन्धुलीका स्थानिय तहले फोहोर व्यवस्थापनमा जनशक्ति परिचालन गरिरहेको छ । तर पनि जिल्लामा फोहोर व्यवस्थापन चुनौतिपुर्ण बनिरहेको छ । बजार क्षेत्रमा फोहोरका ढंगुरले गर्दा स्वास्थ्यमा असर मात्र नभएर दुर्गन्ध पनि फैलिरहेको अवस्था छ । सरसफाईकालागि हरेक नागरिक जागरुक हुनुपर्नेमा राज्यलाई मात्र दोष दिने प्रवृद्धि देखिदैँ आएको छ । आफ्नै घर आसपासमा फोहोर गर्ने र राज्यलाई सराप्ने गलत प्रवृद्धिले गर्दा सफा र स्वच्छ वातावरण हुन सकिरहेको छैन । सरसफाईकालागि हरेक नागरिकमा चेतना हुने आवश्यक छ । राज्यले मात्र सरसफाईमाभ ध्यान दिएर हाम्रो क्षेत्र सफा हुदैँन । यसकालागि हरेक नागरिकले सरसफाई गर्न जरुरी छ । सरसफाईकालागि विद्यालयले पनि अह्म भुमिका खेल्न आवश्यक छ । बालबालिकालाई सरसफाईकाबारेमा ज्ञान दिन सके दिर्घकालिन रुपमा फोहोरको व्यवस्थापन हुन सक्छ । तर, किताबि ज्ञानमात्र दिने शैक्षिक संस्थाले सरसफाईकालागि बालबालिकामा ज्ञान बाड्न सकेको छैन । तसर्थ, सरसफाईकालागि सानै देखि चेतना फैलाउनतर्फ विद्यालय लगायत परिवारले जोड दिन जरुरी छ ।
विपी राजमार्गमा फोहोरको ढंगुर थुप्रिरहेको छ । केहि समयअघि सवारीसाधनमा डस्टबिनको व्यवस्था हुनुपर्ने नियम भएपनि अहिले उक्त नियमको पालना गरिएको छैन । गाढीमा डस्टबिन राख्ने नियमलाई कडाईका साथ पालना गराउनतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, नागरिकमा सरसफाई सम्बन्धि चेतना फैलाउन पनि सरोकारवाला निकायले विशेष जोड दिन जरुरी छ । अतः सरसफाईमा सबैले ध्यान दिने हो भनेमात्र सफ र स्वच्छ क्षेत्र बनाउन सकिन्छ ।