सिन्धुलीमा जंगली हात्ती मनविय बस्तीमा पस्दा जनधनमा क्षति पुर्याइरहेको छ । हरेक वर्षजसो जंगली हात्तीले घर भ त्काउने र बालीनालिमा नो क्सान पुर्याउदा नागरिक त्र सित बनेको अवस्था छ । जिल्लाको कमलामाई नगरपालिका लगायत अन्य स्थानिय तहमा हात्तीको आतंकबाट सर्वसाधरण त्रसित बनिरहेका छन् । हात्ती नियन्त्रणमा सरोकारवाला निकायले चासो नदेखाएको सर्वसाधरणको गुनासो छ । हरेक वर्ष हात्तीले आ तंक म च्चाउँदा पनि स्थानिय सरकार, वन कार्यालय लगायत सरोकारवाला निकाय मौन रहदा स्थानिय डराएर बस्नुपरिरहेको छ । विगत केहि वर्षदेखि कमलाखोँच क्षेत्र लगायत अन्य क्षेत्रमा जंगली हात्ती बेलाबेलामा निस्कने र बस्तीमा पसी स्थानीयलाई त्र सित पार्ने गरेका छन् । हात्तीले आ तंक म च्चाउँदा समेत सम्बन्धित निकायले उपाय निकाल्न नसक्दा स्थानियबासी आक्रोशित भएका छन् । तसर्थ, जिम्मेवार निकायले हात्ती नि यन्त्रणमा आवश्यक कदम चाल्न जरुरी छ ।
जंगली हात्तीको उ पद्रो रोक्न जिल्लाका सरोकारवाला निकायले सम्बन्धित निकायसँग पहल गर्नुपर्ने आवश्यकता छ । हात्तीको चपेटामा परेका वस्तीहरुमा दीर्घकालिन समाधान निकाल्नतर्फ जोड दिन जरुरी छ । हात्ती नि यन्त्रणकालागि तालिम प्राप्त र दक्ष जनशक्ति परिचानल गर्न आवश्यक रहेको हुँदा पर्याप्त श्रोत साधन जोहो गर्न सम्बन्धित पक्षले पहल गर्नुपर्ने देखिन्छ । त्यसैगरि, जनता तटबन्ध लगायत चेतनामुलक कार्यक्रमहरु संचालनमा ल्याउन पनि जिम्मेवार निकयाले ढिलाई गर्नुहुदैँन । त्यस्तै, हात्ती पीडितले सरकारबाट पाउने राहत समेत समयमा नपाएको हुदाँ राहत तत्काल उपलब्ध गराउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्दछ । हात्ती नियन्त्रणकालागि अन्य जिल्लामा विभिन्न उपायहरु अवलम्बन गरिएको छ । इलेक्ट्रोनिक फेन्सिङ (विद्युतीय तारवार) लगायत अन्य उपायहरु अवलम्बन गर्दै हात्ती पिडितलाई सहयोग गरिनुपर्छ । अतः जिल्लामा हात्ती नियन्त्रणकालागि सम्बन्धित पक्षबिच बृहत छलफलको आवश्यकता छ ।