शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

‘ब्युटिफूल’ नायिका उपासनाको लो भलाग्दो तस्बिर ( हेर्नुस तस्विर)

बुधवार , चैत्र ४, २०७७

चलचित्र क्या प्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्र क्याप्टेनबाट नै दर्शकको राम्रो साथ पाइन् । उनको अभिनयलाई दर्शकले रुचाएका थिए । चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।

चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘क बड्डी क बड्डी क बड्डी’ले ब क्स अफिसमा क मालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्या पार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।

नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टि का टि प्पणी गरेका थिए । कसैले उनलाई मो टी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे । नायिका ठकुरी भन्छिन्–‘हामीले चलचित्रको पर्दामा वा स्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो । यसैले, कसैलाई पनि उसको शा रीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।’

चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएपछि निर्देशक रामबाबु गुरुङले नायिका उपासना सिंह ठकुरीलाई ‘कबड्डी कबड्डी कबड्डी’मा लिने मनस्थिती पक्का गरेका थिए । यो गीतमा उनको अभिनय हेरेपछि उनी पक्का थिए कि, उपासना आफ्नो कथाको पात्रमा फिट छिन् । तर, नायक दयाहाङ राई भने उपासनालाई शंकाको घेराले हेर्दै थिए ।

कतै उपासना आफ्नो जोडी नभएर छोरी जस्तो देखिने हुन् कि भन्ने डर दयामा थियो । तर, स्क्रिन टेष्ट गर्दा दयालाई उपासना आफ्नो जोडीमा फिट लाग्यो । पहिलो चलचित्रमा काँचो माटो देखिएकी उपासनाले दोश्रो चलचित्रसम्म आइपुग्दा आफूलाई बलियो रुपमा प्रस्तुत गरेकी छिन् । चलचित्रले मि श्रित स मिक्षा पाइरहँदा उनको प्रशंसा भैरहेको छ ।

कसैले उनलाई पहिलो चलचित्रमा भन्दा राम्रो काम गरेको प्र तिक्रिया दिइरहेका छन् भने कसैले उनलाई अबको चलचित्र क्षेत्र हाँक्ने नायिका भनेर समेत भन्न भ्याएका छन् । उनको चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार मात्र गरेको छैन, उनले दर्शकको मन आफ्नो कामले पनि जितेकी छिन् । यसैले, त उनलाई अबको आशा लाग्दी नायिका भनेर विश्लेषण गर्न थालिएको छ । चलचित्र क्षेत्रमा नायिकाको स्टारडम पछिल्ला बर्षमा चाडो परिवर्तन भैरहेको छ ।

प्रियंका कार्कीको न म्बर १ को पो जिसन नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उछिनिन् । प्रियंकाले जति चाडो सफलता पाइन्, त्यती नै चाडो आफ्नो स्थान पनि गुमाइन् । साम्राज्ञीलाई पनि अहिले नम्बर १ को स्थान जोगाउन गाह्रो परिरहेको छ । यसैले, पनि नायिकाहरुको पोजिशनमा आएको फेरबदलले उपासनालाई अगाडि ल्याउन सक्छ ।

तर, यसका लागि उनले आगामी चलचित्र रोज्दा धेरै पटक सोच्नुपर्ने हुन्छ । भलै, उनले पहिलो चलचित्रमा आफूलाई नोटिस गराइन् भने दोश्रो चलचित्रमा दर्शक र समिक्षकको तारिफ कमाइन् । तर, दुबै चलचित्रले चर्चा पाउनुमा उनी मात्र कारण थिइनन् । यसैले पनि उपासनाका लागि आगामी दिन सजिलो भने छैन ।तर, उनले आफूलाई औलामा गन्न सकिने संभावित नायिकाहरुको सूचीमा भने उभ्याएकी छिन् ।

प्रतिक्रिया