सिन्धुली ३ चैत -नगरपालिका ७ करम डाडामा आज बोलेरो गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाढी देखी बासकटेरी जाने क्रममा आज (मंगलबार) दिउसो ३ पैतालिसको समयमा बोलेरो दुर्घटना हुदा दुई पुरुष, एक महिला र एक जना बच्चा गरी ४ जनाको मृत्यु भएको .जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भएको छ ।
प्रहरी नायब उपरिक्षक लामाका अनुसार चालक सहित ११ जना सवार बा १७ च १११७ नम्बरको बोलेरो सडक देखी अन्दाजी ४० फिट तल खसी दुर्घटना भएको हो । बिस्तृत जानकारी आउन बाकी छ । गाडीमा ११ जना सवार थिए ।