ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माणधिन रहेको युद्ध संग्रालयको भवन ।
सिन्धुली,०३ चैत्र – ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ आँै विजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमका विच युद्ध संग्रालयको तत्कालिन रक्षामन्त्री इश्वर पोखरलले शिल्यान्यास गरेसँगै निर्माणले तिब्रता पाएको संग्रालयको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको हो । भवन निर्माण तथा संरचनाको काम ९९ प्रतिशत पुरा भइसकेको यहाँको बर्दबहादुर गढका गणपति विजय थापाले जानकारी दिनुभयो ।
करिब चार करोड पचास लाख रुपैया बजेटमा युद्ध संग्रालय निर्माण भएको बर्दबहादुर गणले जनाएको छ । इस्ट इण्डिया कम्पनीका सेनालाई पराजित गरि ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले युद्ध संग्रालय बनाई ऐतिहासिक झल्को दिने संग्रालय बनाउन लागेको हो । युद्ध संग्रालयमा नेपालको रक्षा गर्न विरपुर्खाहरुले प्रयोग गरेका सम्पुर्ण सामाग्री रहने गणका गणपति थापाले बताउनु भयो । उहाँले भन्नु भयो,“इतिहासको जगेर्ना गर्दै युवापुस्तालाई इतिहासको महत्व बुझाउनका लागि सिन्धुलीगढी र यहाँ बन्ने युद्धसंग्रालयले महत्वपुर्ण भुमिका खेल्नेछ,।”
युद्ध संग्रालयको आन्तरिक सजावटका लागि विभिन्न चरणको गोष्ठी तथा छलफल भइरहेको उहाँले जानकारी दिनु भयो ।“ स्टक्चरको काम सकियो अब सरसफाइ लगायतका काम बाँकी छ,” उहाँले भन्न भयो “अब मुख्य काम सजावटको काम बाकी छ ।”
उहाँले नेपाल आर्मीसँग पनि युद्धसंग्रालयमा राख्न मिल्ने पुराना सामाग्री भएको र त्यसको छनौट हुने प्रक्रियामा रहेको बताउनु भयो । सिन्धुलीगढी युद्ध संग्रालयमा के कसरी सजावट गर्न सकिन्छ भनेर राष्ट्रिय युद्ध संग्रालयले पनि सजावटका सामाग्रीको विवरण तयार पार्ने कार्य गरिरहेको सेनाले जनाएको छ ।
नेपाल एकिकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको सिन्धुलीगढीमा युद्धमा प्रयोग भएका हातहतियार स्थानियसँग भए युद्ध संग्रालयलाई उपलब्ध गराइदिन सेनाले अनुरोध गरेको छ । नेपाल एकिकरणका बेला बिं. सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडाँै कब्जा गर्न ईष्टईण्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ ।
सोही खुसीयालीमा सिन्धुलीगढीलाई अन्तराष्ट्रिस्तरमा चिनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बर्षेनी सिन्धुलीगढी विजय उत्सव समेत मनाईदै आएको छ ।
सिन्धुलीगढीका अनुसन्धान कर्ता सागरकुमार ढकालले वि.स १८२४ कातिक २४ गते इस्ट इण्डिया कम्पनिका कप्तान किनलोकनको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई राजा पृथ्वीनारायण शाह फौजका बंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको इतिहास रहेको बताउनु भयो । जतिबेला झण्डै एक हजार ६ सय अग्रेज सेनाहरु हताहत भएका थिए । अग्रेजहरु विरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरुको पहिलो पराजय पनि यहि सिन्धुलीगढीबाट नै भएको थियो । वि.सं.१३६७ मा सिम्रौनगढका (डोयहरु) सेनाहरुले काठमाण्डौमा ब्यापक लुटपाट गरी वनेपा हुँदै फकिर्दा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर–सितामाढी) फकिर्एका थिए भन्ने ऐतिहासिक प्रमाण भएको खोजकर्ताहरुले दावी गरेका छन् जुन प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ ।