ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्राहलय निर्माणसँगै सिन्धुलीको पर्यटन प्रबद्र्धनकालागि कोसेढुंगा सावित हुने भएको छ । दक्षिण एसियामै पहिलो पटक अंग्रेज फौजलाई हराएको स्थानमा देशकै पहिलो युद्ध संग्राहलय निर्माण हुदाँ पर्यटन क्षेत्रको विकासमा यस्ले महत्वपुर्ण भुमिका खेल्न सक्नेछ । संग्राहलय निर्माण र ब्यबस्थापनमा नेपाली सेनाको बद्र्बहादुर गणको भुमिका सराहनिय छ । त्यसैगरि, स्थानिय सरकारले चालेका कदमहरु पनि प्रशंसनियनै छ । युद्ध संग्राहलय निर्माण हुनु भएको समग्र सिन्धुलीगढी क्षेत्रको विकास हुनु हो । किनभने, भौगोलिक हिसाबले निकै नै राम्रो ठाउँमा रहेको ऐतिहासिक स्थलको वातावरण र मौसममा जोकोहि लोभिन सक्छ । यस संग्राहलयमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकिन्छ । देशको विरताको कथा बोकेको सिन्धुलीगढीमा बनिरहेको युद्ध संग्राहलय इतिहास रुचाउनेकालागि पाठशाला नै हो । तसर्थ, निर्माणको अन्तिम चरणमा रहेको युद्ध संग्राहलयको प्रचारप्रसारकालागि स्थानिय सरकार लगायत केन्द्रिय सरकारले विशेष जोड दिन आवश्यक छ । अन्तर्राष्ट्रिय स्तरमै यहाँको इतिहासको प्रचारप्रसार गर्न सकियो भने सिन्धुलीमा पर्यटन फस्टाउन समय लाग्दैन ।
राजधानी काठमाडौँबाट सिन्धुलीगढीको दुरी कम भएको र मनोरम नागबेलि सडकका कारण पनि गढी क्षेत्र पर्यटनको लागि उत्कृष्ठ गन्तव्य हो । रमणीय दृश्य र रमाइलो मौसमले सिन्धुलीगढी क्षेत्रमा पर्यटक तान्ने निश्चित नै छ । त्यसमाथि, युद्ध संग्राहलयको निर्माणले सुनमा सुगन्ध थपिदिएको छ । तसर्थ, एक प्रतिशत निर्माणको काम बाँकी रहेको अवस्थामा के कसरी संग्राहलयलाई थप आकर्षित र युद्धमा प्रयोग भएका सामाग्री जुटाउन सकिन्छ भन्नेतर्फ सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ । अतः युद्ध संग्राहलय पर्यटन प्रबद्र्धनकालागि कोसेढुंगा भएकाले प्रचारप्रसार गर्नतर्फ सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ ।