शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बलिउड फिल्म ‘प्रधान द लिडर’, मा सौगात मल्ललाई प्रस्ताव

सोमवार , चैत्र २, २०७७

काठमाडौँ,०२ चैत्र - नेपालका चर्चित कलाकारका साथमा बलिउडलाई पनि समेट्दै राजबंशी समुदायको इतिहास, भाषा, सस्कृति तथा परम्पराहरुलाई दर्साउन राजबंशी ईतिहासमा फिल्म बन्ने भएको छ । फिल्ममा बलिउडका चर्चित कलाकारको समेत अभिनय रहने छ । साईमन फिल्मस एन्ड ईन्टरटेन्मेन्ट, मुम्बईको ब्यानरमा निर्माण तयारी भएको फिल्मको टिम तयार भएको छ भने केही कलाकारहरू पनि मौखिक तथा कागजी रुपमा अनुबन्ध भैसकेको फिल्मका निर्देशक तथा निर्माता साईमन राजबंशीले डिथ्री अनलाइनलाई जानकारी गराए ।

राजबंशीसंगै नेपाली, हिन्दी र भोजपुरी भाषामा यो फिल्म तयार हुदैछ । सम्भवत नेपाली फिल्म ईतिहासमा एउटै फिल्म ४ भाषामा तयार हुने यो नै पहिलो हो । यतिबेला स्कृप्टको फाईनल काम भैरहेको साईमनले बताए । फिल्मको नाम ‘प्रधान द लिडर’ राखिएको छ । कोरियोग्राफरमा नाम स्थापित गरेका साईमनले यसै फिल्मबाट निर्देशकमा डेब्यु गर्दैछन् । उनी हिन्दी, नेपाली तथा भोजपुरी भाषाको फिल्मको चिनिएका कोरियोग्राफर हुन ।

उनका अनुसार फिल्मका लागि अभिनेता सौगात मल्लसंग पनि कुरा भैसकेको छ । मल्ल फिल्मका लागि सकारात्मक देखिएका छन भने कागजी सम्झौता चाडै हुने साईमनले बताए । यस्तै भारतीय स्टार कलाकारहरू पनि फिल्ममा देखिने छन् । अग्रज अभिनेता अन्नु कपुर, जोनि लिभर संग पनि औपचारिक भेटघाट भैसकेको छ भने यी २ बलिउड स्टार पनि फिल्मका लागि सकारात्मक देखिएको र छिट्टै अनुबन्ध गरिने छ । अर्का बलिउड कमेडियन अशोक नारायण संग भने कागजी सम्झौता भैसकेको छ । अशोकले बलिउडमा अमिर खान र सलमान खान संग अन्दाज अप्ना अप्ना र वान्टेडमा काम गरेका छन् । उनले चाईना गेट जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

यस्तै मोडल भुमिका केसिले यसै फिल्मबाट नेपाली सिने उधोगमा डेब्यु गर्दैछिन । ठूलो लगानीमा बन्न लागेको यो फिल्मको लागि केहि प्राबिधिक समेत बलिउडबाट छन् । बलिउडकै छायांकार सेबेस्टेन अन्टोनीले फिल्मलाई खिच्दैछन । उनले खिचेको पहिलो बलिउड फिल्म ‘आसिक बनाया आप्ने’ हो भने उनकै छायांकनमा निर्मित तथा सन्नी लियोनी अभिनित ‘पानी वाला डान्स’ गीतको भिडियो सुपरहिट छ । फिल्मका लागि ३०० सहायक कलाकारहरू अडिसनबाट छनौट गरिनेछ भने अभिनय तालिम मुम्बईबाट ‘ओम नम सिवाय’ सिरिज र ‘मोहन जोदारो’ जस्ता फिल्ममा रितिक रोशनसंग काम गरेका अजिम सेखले दिनेछन् ।

यस्तै फिल्मको सहायक निर्देशकको रुपमा बलिउडबाटै सन्जय भारती रहने छन् भने नेपालबाट शान्ती तामाङ रहनेछ । जावेद अहमदले डाइलोग तथा स्क्रीनप्लेको कार्य गर्नेछन् । फिल्मको कला निर्देशकको रुपमा बलिउडमा काम गरिसकेका देबेन्द्र राजबंशी रहेका छन् । उनी २० वर्षदेखि बलिउडमा काम गरिरहेका छन् भने उनको पछिल्लो समय रिलिज फिल्म ‘कुल्ली नम्बर १’ हो । जस्मा उनले असिस्टेन्टको भुमिका निर्वाह गरेका थिए । प्रोडक्सन डिजाईनर बिमल धमला हुन भने निर्माताको रुपमा साईमन संगै राजेश राजबंशी, सिपि राजबंशी, सन्जय राजबंशी रहेका छन् । फिल्मको छायांकन नेपाल तथा भारतको विभिन्न स्थानमा गरिने निर्माण पक्षको तयारी रहेको छ ।

ओलीका सप्ठ्यारा र अप्ठ्यारा अनेक

काठमाडौँ,०२ चैत्र - फागुन २३ गते सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसलाले नेकपालाई पूर्ववत् अवस्थाकै एमाले र माओवादी केन्द्रमा रुपान्तरण गराइदिएको अर्थात् अदालतले प्राविधिक ढंगले एकता भंग गरिदिएको मात्र हो । एमाले र माओवादी केन्द्रभित्रको राजनीतिक तथा वैचारिक आधार भत्काएको होइन । तर,अहिले प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् र उहाँका निकटहरूले झण्डै आधाको संख्यामा रहनुभएका एमाले केन्द्रीय सदस्य, ३३ प्रतिशतको हाराहारीमा रहनुभएका सभासद् र दुई तिहाई भन्दा बढीको संख्यामा रहनुभएका पदाधिकारीहरूलाई लक्षित गरेर वैचारिक भिन्नता रहेको समूहसँग गर्ने व्यवहार र शव्दको प्रयोग गर्न थालेको देखिन्छ ।

बालुवाटारको रवैयालाई नजिकबाट नियालिरहेका अर्काथरि नेताहरूले ‘ओलीसँग पार्टीमा सँगै बसेर जान नसकिने हो भने त्यहि ढंगले निर्णय गरेर अघि बढ्नुपर्ने र त्यहिबमोजिम क्रियाशील हुनुपर्ने’ बताएका छन् । त्यस्तो अवस्थामा उहाँहरूले सांसद पदलाई छाडेर भएपनि चुनाव केन्द्रित सांगठानिक गतिविधिलाई अघि बढाउनुपर्ने बताइन्छ । अबको दुई वर्षभित्र आमनिर्वाचन हुनैपर्ने भएकाले त्यसैको व्यापक तयारी गरेर अघि बढ्न कार्यकर्ताबाट सुझावसमेत प्राप्त हुन थालेको उक्त पक्षको दावी छ ।जन आस्थामा खवर छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेमा एमालेका केही सांसदले फ्लोर क्रस गरिदिए सरकार स्वतः ढल्छ ।

गत हप्ता कैलालीस्थित पार्टी कार्यालयमा बोर्ड झुण्ड्याउने विषयमा भएको झडपलाई समेत बालुवाटार निकट कमरेडहरूले प्रतिशोधको भावनासँग जोडेर ब्याख्या गरेको बताइन्छ । महासचिव ईश्वर पोखरेलले त्यसक्षेत्रका नेताले यसअघि व्यक्त गरेका अभिव्यक्तिको कारण धनगढीमा मुठभेड भएको भनेर दिएको सहज उत्तरले पनि बालुवाटार निर्मम ढंगले अघि बढ्ने योजनामा रहेको अनुमान लगाउन गाह्रो हुँदैन ।

बालुवाटार निकट उच्च स्रोतले भनेको छ ‘प्रधानमन्त्री ओली माधव,झलनाथ रहित एमालेको कल्पनामा डुब्नुभएको छ ।’ सार्वजनिक खपतको लागि जे भनेपनि प्रधानमन्त्रीले यसबीच देखाउनुभएको व्यवहार र सार्वजनिक अभिव्यक्तिमार्फत त्यहि कल्पनाको निम्ति मार्गप्रशस्त गरिरहनुभएको सजिलै बुझ्न सकिन्छ । बालुवाटार समूह आफू सिद्धिँदा अरुलाई पनि सिध्याउने रणनीति बोकेर एमालेभित्रको अर्को पक्षलाई पूर्ण निषेधको राजनीति गरेर अघि बढ्ने सोचमा देखिन्छ ।

उता,नेपाल-खनाल पक्षले भने प्रधानमन्त्री ओलीको व्यवहारलाई सुक्ष्म मूल्याङ्कन गर्दै समानान्तर एमालेको रुपमा सांगठानिक गतिविधिलाई अघि बढाउने बताएको छ । संसदमा प्रस्तुत हुने अविश्वासको प्रस्ताव वा प्रधानमन्त्रीले लिन सक्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा देखिने उहाँको प्रस्तुति र रणनीतिलाई समेत मूल्याङ्कन गर्ने योजनामा देखिन्छ । त्यसपछि मात्र उक्त समूहले आफ्ना भावी रणनीतिलाई महत्वका साथ कार्यान्वयन गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोजेको अवस्थामा आफ्नै पार्टीका सांसदको सबैभन्दा बढी जरुरत हुन्छ । तर, अन्य पार्टीले पेश गर्ने अविश्वास प्रस्तावसम्बन्धमा भने त्यसको कुनै अर्थ रहँदैन । अविश्वास प्रस्ताव प्रस्तुत गर्दा सोही पक्षबाट बहुमत पुर्याउनुपर्ने दायित्व हुन्छ । तर, प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेमा एमालेका केही सांसदले फ्लोर क्रस गरिदिए सरकार स्वतः ढल्छ ।

त्यस्तो अवस्थामा फेरि विपक्षीहरूबाट समेत नयाँ गठबन्धन नबन्न सक्ने अवस्था आए सरकार कामचलाउ तर काम मनपरी गर्दै जाने सम्भावना रहिरहन्छ । अर्को सरकार नबनेसम्म कामचलाउ सरकारको नाममा लामो समयसम्म निरन्तरता रहिरहन पनि सक्छ । अहिले अन्तिम विकल्पको रुपमा त्यहि ढोका खोल्ने दाउमा प्रधानमन्त्री रहनुभएको स्रोतको दाबी छ ।

त्यस्तो अवस्थामा ओली अध्यक्ष रहेको एमाले नै सबैभन्दा ठूलो दल बन्ने निश्चित छ । त्यसको लागि माओवादी केन्द्रले एमालेतिर लागेका सबै सांसदको पद खोसेमा ओलीले पनि समानान्तर एमाले सञ्चालन गरेको आरोपमा नेपाल समूहका धेरैलाई फायर गर्न सक्छ । त्यस्तो अवस्थामा ठूलो दलको नाताले एमाले सत्तामा रहेर अन्य सबै दल एकातिर मिल्दा पनि सरकार नबन्ने अवस्थाको कल्पनामा यथार्थ जोड घटाउ शुरु गरिएको समेत भन्न थालिएको छ ।

प्रतिक्रिया