बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

रासायनिक मलकोलागि पहल गर

सोमवार , चैत्र २, २०७७

सिन्धुलीमा रासायनिक मलको अभावका कारण कृषकहरुलाई समस्या परेको छ । हरेक वर्षझैँ यो वर्षपनि खेतीको सिजनमा मलको अभावले गर्दा कृषकहरुले खेत बाझै राख्नुपर्ने बाध्यता छ । स्थानिय सरकारले रासायनि मल उपलब्ध गराउन पहल नगर्दा कृषकहरुले मल नपाएको गुनासो छ । कृषि सामग्री लिमिटेडमा मल रित्तिएको अवस्था छ । जिल्लामा रहेको सहकारी संस्थाले कृषकहरुलाई मल उपलब्ध गराइरहे पनि आवश्यक पहलको कमिका कारण सहकारीमा समेत मल अभाव देखिएको छ । जिल्ला समन्वय समिति, स्थानिय सरकार लगायत सरोकारवाला निकायले जिल्लामा मल उपलब्ध गराउन पहल नगरेको कृषकहरुले गुनासो गरिरहेका छन् । तसर्थ, सरोकारवाला निकयाले रासायनिक मल (युरिया) जिल्लामा ल्याउनकालागि आवश्यक पहल गर्न जरुरी छ ।

सिन्धुलीमा मात्र नभएर देशभर युरिया मलको अभाव छ । तर, अन्य जिल्लामा भने पहलहरु भएका कारण मल उपलब्ध भइरहेको छ । त्यसैले, जिल्लाका सरोकारवाला निकायले सम्बन्धित निकायसँग छलफल गरेर के कसरी मल जिल्लामा भित्राउन सकिन्छ त्यसमा ध्यान दिन आवश्यक छ । कृषकहरुलाई खेतिको सिजनमा मल उपलब्ध गराउन कृषि सामाग्री लिमिटेड र सहकारीहरुसँग छलफल गरेर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन । अतः रासायनिक मल उपलब्ध गराउन जिल्लाका सरोकारवाला निकायले छिटो भन्दा छिटो समाधान निकाल्नतर्फ विशेष जोड दिन जरुरी छ ।

 

प्रतिक्रिया