काठमाडौँ, ०१ चैत – नेपाली बजारमा सुनको मूल्य आइतबार सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चैत्र ०१ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल चैत्र ०१ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– प्रतिपदा,२५ घडी १२ पला, बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तराभाद्रपदा,४८ घडी ४० पला,रातको ०१ बजेर ४५ मिनेट उप्रान्त रेवती । योग–शुभ,०२ घडी ५७ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त शुक्ल । करण–बव,बेलुकी ०४ बजेर २२ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला । चैत्रसंक्रान्ति, चन्द्रोदय, ग्याल्पो लोसार, पञ्चक ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुन सक्छ । निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- नगद सहयोग गर्न बन्द गर्नुहोला । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पति पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढ्न सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्ने छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्ग अघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती :– देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।