बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा लागुऔषध विरुद्धको नारा तर लागुऔषधकै प्रचार कति उचित ?

आइतवार , चैत्र १, २०७७

सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित खम्बेचौरमा आयोजना गरिएको ‘शिवरात्रि म्युजिक फेस्टिब’ को नारा लागुऔषध विरुद्धको अभियान भएतापनि लागुऔषधकै प्रचार गरिएको छ । बिहिबार राष्ट्रिय स्तरका कलाकार दुर्गेश थापाले ‘सलाई ल्याऊ, गाँजा ले’ भन्दै गीत गाए । त्यसैगरि, शिवरात्रिको दिन पनि कार्यक्रममा गाँजाको बारेमा बोल्दै युवा उकास्ने गतिविधि भएको थियो । लागुऔषध विरुद्धको अभियान भन्दै लागुऔषधकै प्रचार गर्दा धेरैले आलोचना गरेका छन् । नारा राम्रो दिएर कार्यक्रमको अनुमति लिने र कार्यक्रममा लागुऔषधकै प्रचार गर्ने शैलिप्रति गुनासो थुप्रै आएको छ । लागुऔषध दुव्र्यसनि विरुद्धको अभियान भन्दै राती अबेरसम्म कार्यक्रम संचालन हुदाँ समय अनुचित भएको धेरैले गुनासो गरेका थिए । कार्यक्रमको उद्घाटनमा जिल्लाका प्रमुख व्यक्तिहरुको पनि उपस्थित रहेको थियो । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख देखि उच्च पदस्थ व्यक्तिवहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिएतापनि लागुऔषधकै प्रचार गरिनु प्रमुख अतिथिमाथिकै अपमान हो । तर, नियमक निकायले यस्ता गतिविधि हुन सक्छ भन्ने अनुमान लगाएर आयोजकलाई सचेत गराउन नसक्नु दुखद हो ।

शनिबार तीन दिने म्युजिक फेस्टिबको समापन गरिएको छ । कार्यक्रमका सकारात्मक पक्ष भन्दा पनि नकारात्मक पक्ष धेरै देखियो । शोक मनाउँदा रमाएको, लागुऔषध दुव्यर्सनि विरुद्धको अभियानमा लागुऔषधकै तारिफ गरेको, अनुचित समयमा कार्यक्रम संचालन गरिएको लगायत थुप्रै कारणले कार्यक्रम विवादास्पद बन्न पुगेको थियो । यता, कार्यक्रममा दर्शकको उपस्थितिले जिल्लामा यस्ता कार्यक्रमहरु अझै संचालनमा आउनुपर्ने देखिएको छ । तर, सभ्य भएर कार्यक्रम संचालन गर्न आयोजकले ध्यान दिन आवश्यक छ । त्यसैगरि, जिम्मेवार निकायले पनि कार्यक्रमको अनुमति दिदाँ समग्र कार्यक्रमको अवस्थालाई बुझेर कलम चलाउन जरुरी छ ।

 

प्रतिक्रिया