सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन । तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए । धेरै दिनको बे होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो ।
उनको हात खुट्टा समेत चल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई स जा य दिएका थिए । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।
चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो । त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि ष खा ए ।
करिब दुई महिनाको उपचार पछि उनको निधन भयो । आमाले एक्लै हुर्काएको छोरा गुमाउनु परेपछि उनको अवस्था निकै बेहाल भएको छ । जिवनको एक मात्र सहारा ति आमाले गुमाएकी छन् । श्रीमानको सहयोग समेत नपाएकी कञ्चनको आमाले आवजाट एकमात्र सहारा रहेका छोरा पनि गु मा उनु परेको हो ।
अहिले कन्चनको जीवनकथाको बारेमा गीत पनि बनेको छ ।
भिडियो
माधव नेपाल समूहले बनायो समानान्तर संरचना (सूचीसहित)
काठमाडौं २९ फाल्गुण – नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर संरचना बनाएको छ । आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसे पछि काउन्टरमा समानान्त रसंरचना खडा गरिएको हो ।
प्रदेश नम्बर-१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर-२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे छन् । लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ ।
युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई बनाइएको छ । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।
यसैबीच, नेता नेपालले हिम्मतका साथ अगाडि बढनुपर्ने समय आएको बताएका छन् । अहिलेको अवस्थामा केही पार्टी नेता तथा कार्यकर्तामा निरासा छाउनसक्ने भन्दै उनले हिम्मतका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
“हाम्राबीचमा धेरै विवाद भए, अनेक अवस्था आए । हामी कहिले विचलित भएनौं । अहिलेको चुनौतीबाट आत्तिएका छैनौं र आत्तिनु पनि हुन्न,” आफू पक्षधर केन्द्रीय कमिटीको बैठकलाई संबोधन गर्दै उनले भने, “अहिले अवस्था देखेर साथीहरूमा निरासा होला । केही होला की भन्ने डर पनि होला । तर, हिम्मतका साथ अगाडि बढनुपर्छ । जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ ।”
कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा पर्याप्त चिन्तन मनन गरेर अगाडि बढनुपर्ने उनले बताए । कम्युनिस्ट पार्टीलाई बलियो बनाउने कोणबाट अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, “गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला आएको छ । हामी विचलित भएर हिड्ने होइन ।”
दुई ठूला पार्टीबीच एकता भएर अगाडि बढेको स्मरण गर्दै उनले अहिलेको अवस्थालाई कसरी सामना गर्ने त्यो नै अहिलेको मुख्य विषय भएको बताए ।