शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , फाल्गुण २८, २०७७

काठमाडौं २८ फल्गुण – स्थानीय बजारमा आज सुनको मूल्य घटेकमो छ । हिजो तोलामा ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

आज फाल्गुण २८ गते शुक्रबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन २८ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्दशी,२१ घडी २० पला, दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त औशी । नक्षत्र–शतभिषा,४१ घडी ०७ पला,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–सिद्ध,०६ घडी ०६ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण– शकुनि,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त चतुष्पद ,रातको ०३ बजेर ०२ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३७ पला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रयास गर्दा रोकिएका काम बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि र चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् । विशेष लाभ उठाउन सकिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने सम्भावना छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउने छन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।

तपार्ईँको दिन शुभ रहोस् ।

 

प्रतिक्रिया