शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रेखा किन रन्किइन् ?

शुक्रवार , फाल्गुण २८, २०७७

काठमाडौँ,२८ फाल्गुण– कलाकारको गोजीमा लाखौं, करोडौं हुँदैन । तर, सिको ठूलैको गर्नुपर्छ । धुर्मुस सुन्तलीदेखि श्वेता खड्का हुन् वा आनी छोइङ डोल्मादेखि महजोडीसम्म, रेखा थापादेखि विजय लामासम्म जसले कलाकारितासँगै सामाजिक कामलाई पनि सँगसँगै लगिरहेका छन् । भन्छन् नि सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्नु हुँदैन । आफ्नै बोली आफ्नै लागि भारी भइदिन्छ । यस्तै स्थितिमा गुज्रिएकी छन् रेखा थापा ।

उनले मागेर समाजसेवा गर्ने कलाकारलाई समाजसेवी कम र डिस्ट्रिब्युटर बढी भन्दै टिप्पणी गरिन् । जस्तो अरूसँगै पैसा मागेर धुुर्मस सुन्तली फाउण्डेसनदेखि श्वेता खड्कासम्मले सामाजिक काम गरिरहेका छन् । रेखाको तर्क छ– कसैसँग ५ लाख सहयोग मागेर अर्काेलाई वितरण गरिन्छ भने त्यो समाजसेवा होइन, डिस्ट्रिब्युसन हो । रेखाका अनुसार उनले गरेको सामाजिक काम आफ्नो पकेटबाट गरेको उल्लेख गरेसँगै कुनै समय उनको म्यानेजर बनेर काम गरेका आन्द्रा भुँडी सबै चाल पाएका पुष्कर भट्टले क्यानाडाबाटै दनक दिएका छन् ।

रेखा थापा फाउण्डेसनमार्फत सामाजिक काममा जोडिएकी रेखाले ०७१ सालमा हिम्मतवाली फिल्म बनाइन् । सोही फिल्म प्रमोसनको मुखमा रेखा थापा फाउण्डेसनले चार जना राउटेको शिक्षा दीक्षा सबै व्यहोर्ने उद्घोष गरेको हो ।

‘हिम्मतवाली’ फिल्म प्रमोसनका लागि नजानिँदो तरिकाले ४ जना राउटेलाई फाउन्डेसनमार्फत काठमाडौं ल्याएर हल–हल चहारी फिल्म प्रमोसनको लागि प्रयोग गरेर जुन चर्चा बटुल्न सफल हुनु भयो तर त्यसको भोलिपल्टै राउटेहरू कहाँ गए, कता गए र कसरी गए ? कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहानुभएको छ रेखाजी ?’ भन्दै प्रश्न तेस्र्याएका हुन् पुष्करले । उनले रेखा थापा फाउण्डेसनलाई २/३ करोड क्यानाडाको एक फाउन्डेसनले सहयोग गरेको उल्लेख गर्दै सोधेका छन्, ‘तपाईंले चन्दा माग्दा जायज हुने, अहिले समाजमा केही राम्रो गरेका समाजसेवीले माग्दा तपाईंलाई सहन नहुने ?’

जन आस्थाबाट साभार

आज फाल्गुण २८ गते शुक्रबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन २८ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्दशी,२१ घडी २० पला, दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त औशी । नक्षत्र–शतभिषा,४१ घडी ०७ पला,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–सिद्ध,०६ घडी ०६ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त साध्य । करण– शकुनि,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त चतुष्पद ,रातको ०३ बजेर ०२ मिनेट उप्रान्त नाग । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३७ पला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- सहयोगी वा हितैसी जनले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रयास गर्दा रोकिएका काम बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि र चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् । विशेष लाभ उठाउन सकिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने सम्भावना छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउने छन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।

तपार्ईँको दिन शुभ रहोस् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया