बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

शिवरात्रि म्युजिक फेस्टिबले देखाएको मानवता हराएको क्रुर समाज

शुक्रवार , फाल्गुण २८, २०७७

सिन्धुलीमा उद्योग वाणिज्य संघले सह–कोषाध्यक्षको असामयिक निधनको शोक मनाउदैँ बिहिबार व्यापार व्यवसाय बन्द गरिहदा संघकै केहि पदाधिकारी भने रमाइरहेको दृश्य देखिएको छ । कमलामाई नगरपालिका–६ स्थित खम्बेचौरमा व्यापार व्यवसायमै संलग्न रहेकाहरुले आयोजना गरेकोे तीन दिने म्युजिक फेस्टिब कार्यक्रम तामझामका साथ संचालन गरिएको थियो । संघकै भवन अगाढी तडकभडक साथ संचालन भएको कार्यक्रम देखेर केहि व्यापारी तथा स्थानिय भने दुखित भएको अवस्था थियो । संघले शोक मनाउन व्यापार व्यवसाय बन्द गरेको हो कि म्युजिक फेस्टिबलाई सहयोग गर्न भन्दै केहि व्यापारीले शंका व्यक्त गरेका छन् । आफू निकटका व्यक्तिलाई रिजाउन जस्तोसुकै निर्णय गर्नपनि संघको नेतृत्व पछि नहट्ने प्रवृद्धि यसै घट्नाबाट देखिएको छ । शोकका लागि व्यापार व्यवसाय बन्द गरिएता पनि केहि पदाधिकारी भने मोजमा रमाएको दृश्यले स्थानियलाई दुखिद बनाएको छ । तसर्थ, संघको नेतृत्वले कुनै पनि निर्णय गर्दा उक्त निर्णयको कार्यान्वयन तथा सम्मान गर्नतर्फ जोड दिन आवश्यक छ । त्यसैगरि, मानविय संवेदनानै हराएर जे मन लागे त्यहि गर्ने छुट व्यक्तिगत जिवनमा होला तर संस्थागत रुपमा हुदैँन भन्ने पनि संघको नेतृत्वले बुझ्न जरुरी छ ।

पुर्व निर्धारित कार्यक्रम भएकाले आयोजक टिमले पनि मानविय नाताले कार्यक्रम सार्न सक्थे । तर, त्यसो हुन सकेन । जसले गर्दा स्थानिय तथा व्यापारीहरु रुष्ट बन्न पुगे ।

कार्यक्रमको मापदण्ड तय गर

सिन्धुलीमा हुने यस्ता कार्यक्रमहरुको मापदण्ड तय नहुँदा मनलाग्दि रुपमा महोत्सव हुने गरेको छ । नाफाकालागि गरिने यस्ता कार्यक्रमले विभिन्न समस्याहरु निम्ताउने गर्दछ । व्यापार व्यवसायमा समेत यस्ता कार्यक्रमले प्रभावित पार्दछ । तर, स्थानिय सरकार, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन लगायत सरोकारवाला निकाय भने मापदण्ड तय गर्न मौन देखिएका छन् । तसर्थ, महोत्सव लगायतका कार्यक्रमहरु संचालन गर्न के कस्ता मापदण्ड पुरा हुनुपर्छ त्यो तय गर्न सम्बन्धित निकयको ध्यान जान आवश्यक छ ।

सुरक्षाको चुनौति

जिल्ला मनोरञ्जनका कार्यक्रम संचालनमा ल्याउनु स्वागतयोग्य हो । तर, समय र अवस्थालाई ख्यालमा राख्नुपर्छ । विशिष्ट अतिथिहरुलाई बोलाएर सम्मान गर्दैमा कार्यक्रम उत्कृष्ठ र सभ्य हुन्छ भन्ने हुदैँन । तसर्थ, अतिथिहरुले पनि सम्मानको लोभमा आफ्नो दायित्व र कर्तव्य के हो भनेर बिर्सनुहुदैँन । राती अबेरसम्म कार्यक्रम संचालन हुदा विभिन्न तबरबाट समस्या उत्पन्न हुन्छ । सुरक्षा चुनौति देखि लिएर नजिकै रहेको अस्पतालमा सम्म होहल्लाले बिरामीलाई असर पु¥याउँछ । यी सबै पक्षलाई आयोजक टिम र नियमन गर्ने निकायले नजरअन्दाज गर्न मिल्दैन । अतः मानविय संवेदनालाई ख्यालमा राखेर यस्ता कार्यक्रमहरु संचालनमा ल्याउन जरुरी छ । त्यसैगरि, संघको नेतृत्वले पनि थप बुद्धिविवेकको प्रयोग गरि कदम चाल्नतर्फ केन्द्रित हुन आवश्यक छ ।

 

प्रतिक्रिया