महानायक राजेश हमाल र महानायिका करिश्मा मानन्धर सदावहार कलाकार हुन् । उनीहरु फिल्मकालागि ह ट भिडियो दिन मान्दैनन् । आजसम्म उनीहरुको रिल लाइफमा त्यस्ता भिडियोहरु सार्वजनिक पनि भएको छैन । तर, हालै सुटिङको क्रममा करिश्माले हमाललाई चु म्ब न गर्न खोजेको भिडियो एक युट्युब च्यानलले सार्वजनिक गरेको छ । धेरैपछि ‘किन किन’ फिल्ममा सँगै देखिएका करिश्मा र हमालको सुटिङको ह ट भिडियो सार्वजनिक भएको हो ।
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उ त्क र्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा देखिएका थिए । करीब एक दशकयता भने राजेश हमाल र करिश्मा मानन्धरको फिल्ममा सहकार्य भएको छैन । अहिले उनीहरु अभिनयमा नि स्क्रि य झैँ छन् । हमालले तीन वर्षदेखि नयाँ फिल्म गरेका छैनन् भने करिश्माले पनि फिल्म नगरेको वर्षौं भइसकेको छ । एक समय फिल्मको माध्यमबाट दर्शकलाई प्रेम गर्न सिकाएका उनीहरुलाई फेरि पर्दामा हेर्न दर्शकको ठूलो वर्ग प्रतिक्षामा छ ।
फिल्ममा सहकार्य हुन नसके पनि राजेश र करिश्माले म्यूजिक भिडियोमा भने काम गर्दै आएका छन् । ‘तिमी मेरो प्रा ण, उ जाड मेरो, चट्ट बसम देउरालीमा’ गीतको भिडियोमा उनीहरुको जोडी बाँधिएको छ । यी दुईले अभिनय गरेको नयाँ गीत ‘यादका लहरहरु’ केही दिन अगाडि मात्र यूट्युबमा सार्वजनिक भएको छ । यी गीतमा दर्शकहरुले यो जोडीलाई निकै मन पराएका छन् । अहिले राजेश हमाल र करिश्मा मानन्धरको म्यूजिक भिडियोमा राम्रो माग छ । उनीहरुले पनि भिडियोमा एकअर्कासँग काम गर्न आ नाका नी गरेका छैनन् । तर, फिल्ममा चाहिँ किन उनीहरुबीच सहकार्य हुन सकेको छैन ? धेरैलाई चासोको विषय बनेको छ । एक समय हिटको ग्यारेन्टी मानिने यो जोडी पुनः पर्दामा फर्किए दर्शकसँगै नेपाली फिल्म क्षेत्रलाई पनि खुसीको कुरा हुनेछ ।
राजेश हमाल स्थिति सामान्य भएपछि आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा छन् । फिल्ममा उनी स्वयंको अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन । यो फिल्ममा उनले करिश्मालाई अभिनेत्रीको रुपमा रोज्ने सम्भावना प्रवल रहेको फिल्मवृतमा चर्चा छ । अब हमालले आफ्नो निर्देशनमा बन्ने फिल्ममा करिश्मालाई रोज्छन् वा अन्य अभिनेत्री, यो हेर्न रो चक हुने देखिन्छ । महानायिका कश्मिाः अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ । काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो ।
आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्षअघि, आफ्नो नवौं वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो ।
१४ वर्षको क लि लो उमेरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्माले २०४२ मा फिल्म ‘सन्तान’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन् । झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय उनी चर्चा र सफलताको केन्द्रमा रहिन् । ‘मा यालु’, ‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘पन्छी’, ‘साथी’, ‘बसन्ती’ आदि उनका चर्चित फिल्म हुन् । कार्यक्रममा करिश्मालाई राजेश हमालले ‘महानायिका’ लेखिएको स्या स प हिराइदिएका थिए । ‘म एक कलाकार हुँ । यसलाई मैले अरू कलाकारहरूले मलाई गरेको सम्मानको रुपमा लिएकी छु,’ करिश्माले सम्मान पाएपछि भनेकी छन्, ‘म जे छु त्यसलाई आत्मसात गरेर सम्मान गर्नुभयो । त्यसमा खुशी छु ।’
कार्यक्रममा करिश्मा जस्तोसुकै परिस्थितिमा पनि आफू सिनेमाबाट टाढा नहुने बताइन् । ‘न म रुन्जेल पर्दामा आइरहने प्रक्रिया जारी नै हुनेछ,’ उनले भनिन् । आरके इन्टरटेनमेन्ट ग्रुपले फिल्म क्षेत्र च लाय मान राख्न र योग्य व्यक्तिलाई सम्मान गर्न महानायिकाको दर्जाबाट करिश्मालाई सम्मान गरेको बताएको छ । कार्यक्रममा करिश्मा र राजेशबाहेक निर्देशक तथा कलाकार नीर शाह, नेपाल विद्युत प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक कुलमान घिसिङ, शिक्षा तथा समाजसेवी रमेश अधिकारीलगायतलाई राष्ट्रिय सम्मान दिइएको थियो । क्याफेमा करिश्मा मानन्धरः सदाबहार नायिका करिश्मा मानन्धरले दरबारमार्गस्थित अन्नपूर्ण होटेलको कफी सपमा भएको भेटघाटमा एक ग्लास जुस मगाइन् । जाडोमा जुस नै पिउनुहुन्छ भन्ने जिज्ञासामा उनले प्रष्ट्याइन्, ‘मलाई जुुस मनपर्छ । तर बढी चिया पिउँछु ।’ चिया नपिई चि त्त नबुझ्ने उनको बानी छ । चियासँगै बिहान एक कप दूध चिया नपिई उनलाई चित्तै बुझ्दैन । हिजोआज पेट अलि लागेझैं लागेर तौल नि यन्त्र णको लागि उनले दिनमा तीन पटक ग्रिन टी खाने गरेकी छन् । जडीबुटीयुक्त नेपाली ग्रिन टी उनलाई मनपर्छ ।
कहिलेकाहीँ धनियाँको पातलाई पिनेर पानीमा हाली त्यसमा थोरै दालचिनीको धुलो हालेर हट लेमनमा मिसाइखाने उनको बानी छ । आफूलाई मोटो बनाउनेमा दूध पनि एक हो जस्तो लाग्छ उनलाई । बिहान ब्रेकफास्टमा दूधमा कर्नफ्लेक्स हालेर एउटा अन्डा खाने गरेकी छिन् उनले । जाडो महिना भएकाले भात पनि असाध्यै रुच्छ उनलाई । तरकारीमा विशेषगरी साग मन पराउँछिन् करिश्मा । तर तरकारी अग्र्यानिक होस् भन्ने उनको चाहना हुन्छ । गोदावरीस्थित आफ्नो घरबारीमा फलेका स्कुस, लसुन, धनियाँ, प्याज, लप्सी उनी खुब खान्छिन् । सागसब्जीमात्रै नभई घरमा कुखुरा पनि पालेको हुनाले मा सु खान मन लागे लोकल कुखुरा रोज्छिन् उनी । मासु प्रायः सधैँ हुन्छ । तर उनी जतिसक्दो थोरै खाने प्रयास गर्छिन् । मासुमा माछा र सिफुड मीठो मान्छिन् करिश्मा । मासु खाएपछि सलाद अनिवार्य चाहिन्छ उनलाई । शारीरिक रूपमा फिट रहन खानामा नि यन्त्र ण गर्नुपर्छ । धेरै पटक खानु तर थोरै थोरै खानु । छ भने सानै भए पनि बारीमा, नभए घरको छतमा रोपेर अग्र्यानिक तरकारी खाए स्वस्थ रहन सकिन्छ ।
हिजोआज शिशिर राणाको चलचित्र ‘तिमीसँग’को एउटा गीतको छायांकन भइरहेकाले त्यसको लागि शरीरलाई सन्तुलित राख्न उनले मा सु र सलादमात्रै खाने गरेकी छन् । जाडो महिना भएकाले दालमा एक चम्चा घिउ हालेर खान रुचाउने करिश्मा भन्छिन्, ‘जाडोमा शरीरलाई चिल्लो चाहिन्छ । त्यसैले घिउ, चिज, बटर खाए अनुहारमा चमक आउँछ ।’ उनको अनुभवमा मैदा, भात, चिनी र नुन धेरै खानु राम्रो होइन । त्यसैले जति सक्दो कमै खाने गर्छिन् । तर मम र आलुको नाम सुनेपछि सम्झौता गर्नै नसक्ने उनी भन्छिन्, ‘आलु र ममको लागि नो डाइटिङ ।’
चलचित्र र विभिन्न कार्यक्रमको सिलसिलामा हिँडिरहनुपर्ने भएकाले जहाँ पुग्यो त्यहीको खानामा भिज्न सक्ने उनको बानी छ । चाडपर्व अनुसारका खानाकी पारखी हुन् उनी । खासै डाइटिङ गर्दिनन् । तर एक पटक चलचित्र ‘वसन्ती’को छायांकनको क्रममा करिब सात महिना छायांकन अवधिभर उनले आफ्नो तौललाई ४५ किलोमै राखिरहन डाइटिङ गरेकी थिइन् । यो उनको जीवनकै सबभन्दा लामो डाइटिङ हो ।
करिश्मा खानाले आफ्नो जीवनमा विशेष महत्व राख्ने बताउँछिन् । खानाको पा रखी उनी जति हुन् त्यति नै मीठो खाना पकाउँछिन् । उनले बनाएको खसीको प क्कु सबैले प्रशंसा गर्छन् । शारीरिक रूपमा फिट रहन खानामा नि यन्त्र ण गर्नुपर्छ र तरिकाले खानुपर्छ भन्ने उनलाई लाग्छ । ‘धेरै पटक खानु तर थोरै थोरै खानु’, उनको सुझाव छ । छ भने सानै भए पनि बारीमा, नभए घरको छतमा रोपेर अग्र्यानिक तरकारी खाए स्वस्थ रहन सकिन्छ भन्ने उनलाई लाग्छ ।
मधु भन्छिन्, ‘बच्चा जन्माउने कुनै योजना छैन’: नेपाली सिने उद्योगका स्टार नायक हुन् राजेश हमाल । ०४६ सालमा ‘यु गदेखि यु गसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले अहिलेसम्म झन्डै तीन सय सिनेमामा अभिनय गरिसकेका छन् । त्यसमध्ये ४० प्रतिशत सिनेमा हिट रहेको उनको दाबी छ । नेपाली सिनेमा र उद्योगलाई व्यावसायिक बनाउन पनि हमालको महत्वपूर्ण भूमिका छ । लामो समय एक्लै रहेका उनले केहि वर्षअघि मात्रै बिहे गरे । चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय बि ताइस केका हमाल वेला–वेलामा वि वा द र चर्चामा पनि आइरहन्छन् । अभिनेता हमालका बानी र स्वभावबारे पत्नी मधु भट्टराईलाई पत्रकार खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् : १. पहिलोपल्ट कहाँ भेट भयो दुईजनाको ?: हयात होटेलमा आयोजित लक्स ब्युटी स्टार कन्टेस्टमा म सहभागी थिएँ । उहाँ त्यो कार्यक्रमको जज हुनुहुन्थ्यो । पहिलोपटक त्यहीँ भेट भएको हो । २. बोलचाल पहिलो भेटमै भयो कि पछि ?: त्यही कार्यक्रममै भयो । उहाँले मलाई जजका रूपमा प्रश्न सोध्नुभएको थियो । कार्यक्रम सकिएपछि भएको पार्टीमा ‘डान्स गरौँ’ भन्नुभयो । हिल जुत्ताले मेरो खुट्टामा घा उ भएको थियो, ‘नाच्न सक्दिनँ’ भनेँ । छु ट्टिने वेला उहाँले आफ्नो कार्ड दिनुभयो ।
३. त्यसपछि कहिले भेट भयो त ?: पाँच–सात दिनपछि मैले उहाँको नम्बरमा फोन गरेँ । सं योगले त्यसको भोलिपल्ट उहाँको जन्मदिन रहेछ । झापातिर हुनुहुन्थ्यो । उहाँले ‘भोलि काठमाडौं फर्किंदै छु, भोलि मेरो जन्मदिन पनि हो, सँगै डिनर गरौँ’ भन्नुभयो । म पनि तयार भएँ । हाम्रो पहिलो डे टिङ नै त्यही हो । ४. कहाँ भेट्नुभयो ?: सांग्रिला होटेलमा भेटेर डिनर गर्यौँ, धेरैबेर बस्यौँ । म त्यतिवेला महालक्ष्मीस्थान बस्थेँ, उहाँले मलाई ड्र प गरिदिनुभयो । ५. प्रेम प्रस्ताव कसले पहिला राख्नुभयो ?: हामीले प्रेम प्रस्ताव नै राख्नुपरेन । व्यवहारबाटै एक–अर्काले बुझ्यौँ । ६. डे टिङ कत्तिको गर्नुहुन्थ्यो ?: सांग्रिलाको भेटघाटपछि म धरान फर्किएँ, फोनमा, इमेलमा कुराकानी भइरहन्थ्यो । काठमाडौं आउँदा वेलावेला डिनर, लन्च सँगै गर्ने गरी भेटघाट गथ्र्यौँ । ७. कसैले थाहा पाउला भन्ने ड र कत्तिको लाग्थ्यो ?: त्यस्तो ड र लाग्दैनथ्यो ।
८. तपाईंहरूले बिहे कहिले गर्नुभयो ?: १० जेठ ०७१ मा हामीले प्रेमविवाह गरेका हौँ । ९. उहाँले सु हा गरा तको फोटो पनि सामाजिक सञ्जालमा राख्नुभयो नि ?: (हाँसो) राख्नुभएको रहेछ, तर मलाई थाहा थिएन । लन्डनमा दिदी हुनुहुन्छ, उहाँले फोन गरेर भनेपछि मात्रै मैले थाहा पाएँ । १०. तपाईंसँग सल्लाह गर्नुभएको थिएन र ?: फोटो खिचेको त थाहा छ, तर राखेको थाहा थिएन । सायद उहाँले आफ्ना फ्यानहरूलाई सन्देश दिन त्यो फोटो राख्नुभएको थियो होला । ११. घरपरिवार, आफन्त, शुभचिन्तकबाट बच्चा कहिले पाउने भन्ने चासो कत्तिको व्यक्त हुन्छ ?: हुन्छ । सोध्न थालेका छन् सबैले । १२. उहाँहरूको चाहना कहिलेसम्म पूरा हुन्छ त ?: यसबारे त हामीले अहिलेसम्म सोचेकै छैनौँ । सोच्दैनौँ पनि होला त्यतातिर । अहिलेसम्मको हाम्रो कुराकानी–छलफलअनुसार हामी बच्चा नपाउने योजनामै छौँ । टाइम म्यानेजमेन्टका कारणले मात्रै हामीले बच्चा नपाउने सोचेका हौँ । १२. बेडमा गयो कि निदाउनुहुन्छ, बिहान कति बजे उठ्नुहुन्छ ?: सात बजेभित्र उठिसक्नुहुन्छ ।
१४. चिया–कफी के रुचाउनुहुन्छ ?: उठ्नेबित्तिकै एक लिटर पानी खानुहुन्छ । चिया त उहाँले खानुहुन्न । गाईको दू ध पाइयो भने मात्रै चिया खानुहुन्छ । १५. एक्सरसाइज कत्तिको गर्नुहुन्छ ? : समय पाउनुभयो भने नियमित गर्नुहुन्छ । घरमै जिमका सामान छन् । धेरैजसो साँझमा एक्सरसाइज गर्नुहुन्छ । १६. योगा पनि गर्नुहुन्छ ?: योगा, ध्यान त्यस्तो गर्ने त होइन, तर कहिलेकाहीँ युट्युबमा हेरेर आनन्द लिनुहुन्छ ।
१७. राति कतिखेर सुत्नुहुन्छ ?: काम हेरेर हुन्छ । सामान्यतया ११ बजेभित्र निदाउनुहुन्छ । बेडमा गयो कि निदाइहाल्नुहुन्छ । बेडमा कतिखेर आउनुहुन्छ भन्ने मात्रै हो । १८. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?: पाएसम्म पढ्नुहुन्छ । १९. टेलिभिजनमा समाचार कत्तिको हेर्नुहुन्छ ?ः टेलिभिजन त्यति हेर्नुहुन्न । अचेल अनलाइनहरूमै धेरै समाचार हेर्नुहुन्छ ।
२०. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?: उहाँको अ च म्मको बानी छ । कुनै रियाक्ट नै गर्नुहुन्न । समाचार पढेर न खुसी देखिनुहुन्छ, न दु खी नै । केही दिनअघि ‘राजेश हमालको मृ त्यु’ भनेर कसले समाचार हालिदिएछ । त्यसले भने हाम्रा आफन्त र उहाँका फ्यानहरूलाई समेत दु खी बनायो २१. त्यस्तो समाचार आएपछि के भन्नुभयो त ?: उहाँले त केही भन्नुभएन । हामी त्यही दिन सं योगले डिनरका लागि बाहिर गएका थियौँ । उहाँले फ्यानहरूका लागि हाम्रो फोटो सामाजिक सञ्जालमा राख्नुभयो । २२. बिहानको खाजामा के रुचानुहुन्छ ?: सात–आठ प्रकारका फलफूल खानुहुन्छ, कहिल्यै छुट्दैन । त्यससँगै तीनवटा उ सिने का अन्डा खानुहुन्छ ।
२३. खानामा के मन पराउनुहुन्छ ?: साग, सलाद, दाल, चि केन, तरकारी खानुहुन्छ । २४. भात, रोटी खानुहुन्न ?: उहाँले भात नखाएको त वर्षौँ भइसक्यो । रोटी पनि खानुहुन्न । २५. दिउँसो खाजा के खानुहुन्छ ?: दुई बजे लन्च लिन्छौँ । चार बजेपछि हल्का फलफूल लिनुहुन्छ । २६. रातिको खानामा के खानुहुन्छ ?: सुप, सलाद, फलफूल लिनुहुन्छ । २७. घरमा खाना कसले पकाउँछ ?: मैले नै पकाउँछु । तेल अत्यन्त कम राखेर, नुन नराखेर खाना बनाउँछु । २८. नुन पनि खानुहुन्न ?: अहँ, खानुहुन्न । कहिलेकाहीँ अचारमा नुन राख्छु । थोरै खानुहुन्छ । २९. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?: केही पनि गर्नुहुन्न । खानामा मात्रै होइन, कुनै चिजमा पनि कमेन्ट गर्ने बानी छैन । ३०. खाना मीठो–नमिठो भएको केही पनि नभन्दा कहिलेकाहीँ रि स उठ्दैन ? म पनि पकाउन एक्सपर्ट होइन, त्यसैले कमेन्ट नगरे पनि खासै नराम्रो लाग्दैन ।
३१. कहिलेकाहीँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ? आउन त आउनुहुन्छ, तर केही गर्नुहुन्न । मलाई पनि उहाँ किचनमा आएको मन पर्दैन । ३२. खाना पकाउन कति रुचि देखाउनुहुन्छ ? खाना पकाउन त कत्ति पनि रुचि छैन । ३३. पकाउन आउँछ कि आउँदैन उहाँलाई ? आउँदैनजस्तो लाग्छ । कलेज पढ्दाचाहिँ चाउचाउहरू पकाउनुहुन्थ्यो रे । ३४. भनेपछि उहाँले पकाएको तपाईंले अहिलेसम्म केही खान पाउनुभएको छैन ? अमलेट खाएकी छु ३५. तपाईंले पकाएको कुन परिकार उहाँले सबैभन्दा मीठो मान्नुहुन्छ ? हरियो साग, बोइल्ड मटन, चिकेन मन पराउनुहुन्छ । ३६. तपाईंले पकाउन सिक्ने सल्लाह दिनुहुन्न ? अहिलेसम्म त दिइएको छैन, अब सोच्नुपर्ला । उहाँको जेमा इन्ट्रेस्ट छ, त्यसमै छाडिदिन्छु । ह्यान्डसम हुनुहुन्छ, जे लगाए पनि सुहाउँछ । ३७. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ? उहाँले जस्तो लुगा लगाए पनि राम्रो देखिन्छ । सचेत पनि ।
३८. के लगाउन रुचाउनुहुन्छ ? टी–सर्ट, सर्ट, जिन्स मन पराउनुहुन्छ । औपचारिक कार्यक्रममा जाँदा सुट पनि लगाउनुहुन्छ । ३९. तपाईंले कस्तो लुगामा राम्रो देख्नुहुन्छ ? उहाँको पर्सनालिटी नै राम्रो छ । मिलेको अनुहार, राम्रो हाइट–जिउडाल, त्यसमाथि लो भलाग्दो हाँसो । ह्यान्डसम हुनुहुन्छ, जे लगाए पनि म त राम्रो नै देख्छु । ४०. पहिरनको विषयमा तपाईंले सल्लाह कत्तिको दिनुहुन्छ ? आफैँ भएर केही भन्दिनँ, उहाँले सोधेपछि मात्रै सल्लाह दिन्छु । तर, लुगा लगाउँदा उहाँ आफैँ जि स्कि नुहुन्छ । ‘कुन लुगा लगाऊँ ?’ ‘कुन लुगामा राम्रो देखिन्छु’, ‘यो ड्रेसमा त ह्यान्डसम देखिएँ है’ भनेर जि स्कि नुहुन्छ । ४१. तपाईंको पहिरनबारे उहाँले कत्तिको सल्लाह दिनुहुन्छ ? म आफैँ सोध्छु उहाँलाई । उहाँले पनि सल्लाह दिनुहुन्छ ।
४२. तपाईंको पहिरनको कत्तिको तारिफ गर्नुहुन्छ ? मुखले खुलेर त तारिफ गर्नुहुन्न, तर उहाँको हेराइबाटै थाहा हुन्छ, ‘आज त राम्रै देखिएछु’ भन्ने । ४३. कस्ता लुगा लगाउन सुझाब दिनुहुन्छ ? तिमीलाई जुन लुगामा रुचि छ, मन परेको छ, त्यो लगाऊ भन्नुहुन्छ । यही लगाउनुपर्छ वा यस्तो लगाउनुहुन्न भन्ने हुन्न उहाँको । ४४. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ? मैले त अहिलेसम्म आइरन लगाएको देखेको छैन । कलेज पढ्दा लगाउनुहुन्थ्यो कि । सर्टहरूमा कहिलेकाहीँ मैले नै गरिदिन्छु । ४५. आफूले लगाउने लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ? विदेश जाँदा एक सुटकेस भरेर एकैपटक ल्याएर आउनुहुन्छ । ४६. तपाईंलाई सपिङ गर्न कत्तिको सघाउनुहुन्छ उहाँलाई अल्छी लाग्छ । एकपटक बैंककमा भने एकछिनका लागि भए पनि जानुभएको थियो, तर हतारो भयो भन्नुभयो । काठमाडौंमा हुँदा मलाई पसलसम्म ड्र प गर्नुहुन्छ । घरखर्च ७०–८० हजार । ४७. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ? ल्याएर टेबुलमा राख्नुहुन्छ, अनि मैले नै राखिदिन्छु । घरमा एउटै ठाउँमा राख्ने गरिन्छ पैसा, आवश्यकताअनुसार जसलाई चाहिन्छ, उसले चलाउँछ । ४८. आफूले खल्तीमा कम्तीमा कति बोक्नुहुन्छ ? ९–१० हजारजति बोक्नुहुन्छ । ४९. घरखर्च चलाउन कति चाहिन्छ भन्ने उहाँलाई थाहा हुन्छ कि हुँदैन ? पहिला त हुँदैनथ्यो होला, बिहेपछि थाहा पाउन थाल्नुभएको छ (हाँसो) । मैले भन्ने गरेकी हुन्छु नि त यति खर्च भयो भनेर ।
५०. महिनामा कति रकम चाहिँदो रहेछ राजेश हमालको घर चल्न ? कम्तीमा ४० हजारजति त खानामा मात्रै खर्च हुन्छ । घरखर्चका लागि मात्रै कम्तीमा ७०–८० हजार चाहिन्छ । ५१. उहाँको धेरै खर्च केमा हुन्छ ? खानामा धेरै हुन्छ । एकदम स्तरीय खाना रुचाउनुहुन्छ । ५२. उहाँको नाममा बैंक ब्यालेन्स कति छ भन्ने तपाईंलाई थाहा छ कि छैन ? थाहा छैन । थाहा भए पनि किन बताऊँ ? (हाँसो) ५३. बताउनुस् भनेको होइन, तपाईंलाई थाहा छ कि छैन भनेर सोधेको हो । सबै त थाहा छैन, एउटा बैंकको चाहिँ थाहा छ (हाँसो) । त्यो पनि उहाँले बताएर होइन, मैले बैंकको स्टेटमेन्ट हेरेर थाहा पाएकी हुँ ।
५४. उहाँलाई थाहा नदिएर हेर्नुभएको ? बैंक स्टेटमेन्टहरू उहाँले एउटा ब्यागमा राख्नुहुन्छ, मैले ब्याग खोलेर हेरेकी थिएँ । पछि उहाँले ‘मेरा कागजपत्र किन हेछ्र्यौ, नचलाऊ न’ भन्नुभयो । ५५. पैसाको बारेमा परिवारमा कहिल्यै कि च लो भएको छ कि छैन ? कहिल्यै भएको छैन त्यस्तो त । उहाँको रि स डे न्ज र छ । ५६. रि सा उने बानी कति छ रि सा उनुहुन्न । तर, रि सा एपछि उहाँको रि स डे न्ज र छ, निकै ड र लाग्छ । उहाँको भन्दा म नै धेरै रि साउँ छु ।
५७. कस्ता कुरामा रि साउ नुहुन्छ ? उहाँका सामान चलायो भने रि साउ नुहुन्छ । एकपटक हाम्रो बिहे नहुँदै उहाँलाई नसोधीकन किताब लिएर गएकी थिएँ, थाहा पाएपछि निकै क राउ नुभयो । ५८. रि साए पछि के गर्नुहुन्छ ? क राउ ने गर्नुहुन्छ । अरुबेला भने निकै कुल हुनुहुन्छ । मनै परेन भने धेरै दिन नबोलेर पनि बस्न सक्नुहुन्छ । ५९. रि साए पछि कसले पहिला फकाउँछ मैले नै फकाउनुपर्छ नि । उहाँ त फकाउने नै गर्नुहुन्न । नबोलेरै आठ–नौ दिनसम्म पनि बस्न सक्नुहुन्छ । तर, मलाई छ टप टी हुन्छ, अनि फकाउँछु । म रि सा एँ भने पनि उहाँ झन् डबल रि साउ नुहुन्छ, अनि मैले नै फकाउनुपर्छ ।
६०. के भनेर फकाउनुहुन्छ ? उहाँको ग ल्ती रहेछ भने सम्झाउने कोसिस गर्छु । ह ग गर्छु, कि स गर्छु (हाँसो), त्यही त हो नि । ६१. बाहिरको रि स घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ? त्यो त कहिल्यै गर्नुहुन्न । बाहिर काम गर्दा त ना व हुन्छ होला । तर, अहँ, घरमा केही देखाउनुहुन्न । बरु, हाँसेर बस्नुहुन्छ । ६२. परिवारका सदस्यलाई गा ली कत्तिको गर्नुहुन्छ ? उहाँका सामान चलायो, रुटिन डि स्ट्र ब भयो भने रि साउ नुहुन्छ । ६३. तपाईंलाई कहिल्यै पि ट्नु भएको छ कि छैन ? छैन । ६४. तपाईंले नि ? कहिलेकाहीँ जिस्केर ‘तपाईं कत्तिको स्ट्रोङ हुनुहुन्छ’ भनेर मु ड्की ले हा न्छु । ६५. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ? (हाँसो), बाहिर त ‘मधु’ भनेर बोलाउनुहुन्छ, जि स्क्या एर जे पायो त्यही भन्नुहुन्छ । तपाईंलाई बताउनै मिल्दैन । ६६. तपाईंले नि ? ‘राजा’ भन्छु । ठकुरीहरूमा राजा नै चल्छ । ६७. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छः बिहेअघि दिनुहुन्थेन, बिहेपछि वेला–वेलामा दिनुहुन्छ । ६८. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ? ब्याग, जुत्ता, सनग्लास, पफ्र्युमलगायतका सामान दिनुहुन्छ । एकपटक उहाँले ल्याइदिएको लुगा फिट भएन । त्यसपछि लुगा कम ल्याउनुहुन्छ । ६९. जन्मदिन, म्यारिज एनिभर्सरी, भ्या लेन्टा इन डेमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ? विस गर्नुहुन्न, तर सरप्राइज दिएर बाहिर लैजानुहुन्छ । खासमा मैले बर्थडे सेलिब्रेट नै गर्दिनँ । भ्या लेन्टाइन डे घरमै मनाउँछौँ, सबै भ्या लेन्टा इन डे छ (हाँसो) । एनिभर्सरीमा उहाँलाई मन पर्ने परिकार पकाएर सेलिब्रेट गर्छौँ ।
७०. उहाँले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार कुन हो ? उहाँले दिनुभएका सबै उपहार मन पर्छन्, सबै राखेकी पनि छु । ७१. तपाईंले कत्तिको दिनुहुन्छ ? बिहेअघि त दिन्थेँ । तर, अचेल दिएको छैन (हाँसो) ७२. तपाईंले दिएको उहाँले एकदमै मन पराएको उपहार कुन हो ? बिहेअघि नै साइकल गिफ्ट गरेकी थिएँ । उहाँले धेरै चलाउनु पनि भयो । ७३. चु रो ट–खै नी खानुहुन्छ कि ? खानुहुन्न । ७४. कहिल्यै खानुभएन, कि छो डेको ? कहिल्यै खानुभएन रे । ७५. र क्सी कत्तिको खानुहुन्छ ?ः २५–३० वर्षको उमेरसम्म बि य र धेरै खानुहुन्थ्यो रे । अचेल खानुहुन्न । कहिलेकाहीँ पार्टीमा वा इनको गिलास हातमा लिनुहुन्छ । मलाई खान मन लाग्यो र खाऊँ भन्यो भने एक गिलाससम्म वा इन खानुहुन्छ । ७६. दुईजना मा तेर कहिलेकाहीँ ठा कठु क कत्तिको पर्छ ? मा त्ने गरी कहिल्यै खाएको थाहा छैन । घरमा खाँदा त सधैँ रो मान्टि क मात्रै हुन्छौँ ।
७७. सहयोगी कत्तिको हुनुहुन्छ ? घरायसी काममा बाहेक सल्लाह–सुझाब दिने तथा अरू काममा सहयोग गर्नुहुन्छ । ७८. कहिल्यै तपाईंका लुगा धो इदिनभएको छ ? (हाँसो) आफ्नो त धु नुहुन्न, मेरो लुगा के धो इदिनुहुन्थ्यो र ! ७९. घरमा सहयोग माग्नेहरू कत्तिको आउँछन् ? एकदम धेरै आइरहेका हुन्छन् । ८०. कस्तो सहयोग माग्ने धेरै हुन्छन् ? कतिले काममा लगाइदिनुपर्यो भन्छन्, कोही पैसा माग्ने पनि हुन्छन् । फेसबुकबाट ‘मलाई घरमा काम गर्न राख्नुपर्यो’ भन्ने केटीहरू पनि हुन्छन् ।
८१. राख्नुभएको छ त त्यस्ता केटीहरूलाई ? फेसबुकबाट त्यस्तो भन्ने केटीहरूको कसरी विश्वास गर्न सकिन्छ र ? काम गर्ने कि फेसबुक चलाएर बस्ने ? अचेल सबैलाई कहाँ विश्वास गर्न सकिन्छ । ८२. पैसा माग्नेलाई कत्तिको सघाउनुहुन्छ ? सकेको सहयोग गर्नुहुन्छ ।
८३. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?हेर्नुहुन्छ, तर हलमै गएर प्रायः कम हेर्नुहुन्छ । ८४. कस्ता सिनेमा रुचाउनुहुन्छ ? रि यालि स्टिक । लाइफस्टाइलसँग जोडिएका सिनेमा मन पराउनुहुन्छ । ८५. बुढाबुढी हलमै पुगेर सिनेमा कत्तिको हेर्नुहुन्छ ? कहिलेकाहीँ जान्छौँ । ८६. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ? हेर्नुहुन्न, न्युज मात्रै हेर्नुहुन्छ । म पनि हेर्दिनँ । ८७. गीत कत्तिको सुन्नुहुन्छ ? त्यति धेरै त सुन्नुहुन्न । एउटा अंग्रेजी गीत छ, उहाँले वेला–वेला सुन्नुहुन्छ ।
८८. नाँच्न आउँछ कि आउँदैन ? त्यति धेरै त आउँदैन, तर त्यस्तै मन पर्छ मलाई । ८९. तपाईं राम्रो नाच्नुहुन्छ कि उहाँ ? म त झन् उहाँको जत्ति पनि जान्दिनँ । ९०. देशको स्टार कलाकार हुनुहुन्छ, महिला फ्यान पनि धेरै होलान् नि ? धेरै छन् नि । ९१. उनीहरूको बारेमा तपाईंलाई बताउनुहुन्छ कि बताउनुहुन्न ? सबै कुरा भन्नुहुन्न । सधैँ मलाई बताएर सा ध्य पनि हुँदैन ।९२. महिला फ्यानले पेटमा बच्चा चिनो दिनसमेत प्रस्ताव गरेको उहाँले नै मिडियालाई बताउनुभएको छ । अरू धेरै प्रेम प्रस्ताव गर्ने फ्यानहरू पनि होलान् । तपाईंले चासो दिनुहुन्न ? बिहे हुनुभन्दा पहिला त चासो राख्थे, तर अचेल धेरै कम भएको छ । शं का लाग्ने तरिकाले चाहिँ कहिल्यै सोचिन्न ।
९३. बिहेअघि चाहिँ किन नि ? चि न्ता हुन्थ्यो नि य त्रो सुपरस्टार मान्छे । प्रेमप्रस्ताव राख्ने थुप्रै केटीहरू हुन्छन्, बिहे पनि भएको छैन, आफू अ सुर क्षित त छैन भन्ने चि न्ता लाग्ने रहेछ क्या । सबैलाई लाग्छ नि यस्तो चि न्ता त । ९४. तपाईंहरूको अ फेय र लामो समय गु पचु पमै रह्यो नि, मिडियाबाट कसरी ब च्नुभ यो ? हामी सँगै हुँदा पनि मिडियाका साथीहरूले देखेका हुन्थे । फोटोहरू पनि खिचेका थिए । तर, म केही बोलिनँ । उनीहरूले हामीलाई चिनेनन् । बरु, भोलिपल्ट ‘राजेश हमाल विदेशी केटीसँग देखिए’ भनेर समाचार आयो । समाचार पढेर आफैँलाई खु ब हाँसो लाग्यो । ९५. बिहेअघि उहाँको नाम धेरै महिलाहरूसँग पनि जोडिएको थियो नि ? उहाँको राम्रो बानी के छ भने पहिला उहाँसँग अ फेय र भएकाहरूको बारेमा पनि सबै बताउनुभएको थियो । त्यस्तो सम्बन्ध भएका एक–दुईजना मात्रै हुनुहुन्थ्यो, दुवै जना विदेशी हुनुहुन्थ्यो । दुवैलाई म चिन्छु ।
९६. नेपाली सिने क्षेत्रकै हि रो इनहरूसँग पनि उहाँको नाम जोडियो नि ? नाम त जोड्नेले अहिले पनि जो डिरहेका हुन्छन् नि । समाचार–ग सि पमा आउने त्यस्ता कुराहरू मैले पनि सुनेकी हुन्छु । तर, उहाँले हाम्रो रिलेसनलाई अ प्ठ्या रो नपार्ने सबै कुरा बताउनुभएको छ । उहाँ त्यस्तो मान्छे होइन । ९७. यस्तै कुराले बुढाबुढीबीच कहिल्यै ख टप ट परेको छ कि छैन ? छैन । ९८. उहाँको न्यु ड फोटो पनि सार्वजनिक भयो नि एकपटक ? थाहा छ, उहाँले नै बताउनुभएको थियो । डाक्टरलाई देखाउन उहाँले फोटो खिच्नुभएको फोटोको ने गेटि भ घरबाटै थाहा नदिएर लगिएको हो रे ।
९९. घरमा भएका वेला राजनीतिक कुराकानी कत्तिको गर्नुहुन्छ ? उहाँलाई राजनीतिमा एकदमै रुचि छ । कुराकानी पनि गर्नुहुन्छ । मलाई पहिला केही थाहा हुँदैनथ्यो, रुचि पनि थिएन । अचेल उहाँले भनेपछि बुझ्न थालेकी छु । १००. तपाईंको कुरा कत्तिको मान्नुहुन्छ ? भन्न त जे कुरामा पनि ‘ओके’ भन्नुहुन्छ । तर, आफूलाई ठीक लागेको गर्नुहुन्छ । मैले भनेको पनि गर्नुहुन्छ, तर समय लगाउनुहुन्छ । मलाई तत्काल हुनुपर्ने हुन्छ ।
१०१. रो मा न्टिक कत्तिको हुनुहुन्छ ? एकदम रो मा न्टिक हुनुहुन्छ । बरु, म मु ढी छु । घरमा त उहाँ जतिवेला पनि रो मा न्टिक मुडमा देखिनुहुन्छ । जि स्क्या उने, नाचेर देखाउने, जो क सुनाउने गर्नुहुन्छ । एक्सरसाइज गर्दा सास फु ल्यो भने गीत गुनगुनाउन थाल्नुहुन्छ । तर, यही गीत भन्ने हुँदैन, आफैँ बनाएर फन्नी गाउनुहुन्छ । दिनमा पटकपटक गरेर पाँच लिटरभन्दा बढी पानी पिउने करिश्मा अरुलाई पनि धेरै पानी पिउन सल्लाह दिन्छिन् । आफ्नो शरीरलाई सधै सन्तुलित र राम्रो राख्न व्यायामलाई उनी अनिवार्य मान्छिन् । खानामा नि यन्त्र णका साथै नियमित व्यायामले उनलाई अहिलेसम्म पनि उत्तिकै सुन्दर र फुर्तिलो बनाएको छ ।