काठमाडौँ,२७ फाल्गुण – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको संकेत गरेका छन् । उनले केही मन्त्रीहरु हटाएर नयाँ मन्त्रीहरु राख्न लागेको बुझिएको छ । नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेकपा भएको पार्टी पुरानै अवस्थामा फर्किएसँगै प्रधानमन्त्रीले केही मन्त्रीहरु हटाउन लागेको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनः गठनको तयारी गरेको नेकपा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वांगले पुष्टि गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाका कारण नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीले खोजेको नेम्वाङले बताए ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रीहरु हेरफेरको कुराकानी भइरहेको बताए । उनका अनुसार जसपाका नेताहरुलाई मन्त्रि बनाउने तयारी गर्न लागे पनि जसपाले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धारमा विभाजन भएको छ ।
जसपाको निर्णय नआए पनि स्वास्थ्यमन्त्री हृदेयस त्रिपाठीलाई परिवर्तन गरेर नयाँमा बामदेव गौतमलाई मन्त्री बनाउन लागिएको जनाएको छ ।
पार्टी एकता अभियान लिएर अघि बढेका बामदेवसँग प्रधानमन्त्री निवासमै गएर भेटघाट गरिसकेका छन् ।
यसअघि पनि टेलिफोनमा गौतमसँग प्रधानमन्त्रीको कुराकानी भएको र माधव नेपालको पक्षमा बामदेव गौतमलाई जानबाट रोक्न यसपटक पनि मन्त्रीको ललिपप दिइएको श्रोतले बताएको छ । २०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
आज फाल्गुण २७ गते बिहीबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २७ गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–त्रयोदशी,२१ घडी १९ पला, दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– धनिष्ठा,३९ घडी ११ पला,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त शतभिषा । योग– शिब,०९ घडी १० पला,बिहान १० बजेर ०० मिनेट उप्रान्त सिद्ध । करण– वणिज,दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ४८ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान २९ घडी ३२ पला । महाशिवरात्रिव्रत, हलेसी महादेव, पशुपतिनाथ लगायत शिवमन्दिर भयका ठाँउमा मेला,धनिष्टा पञ्चक प्रारम्भ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यावसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :-
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । फाइदा कम मात्र हुनेछ । पठन पाठनमा त्यति समय दिन नसकिएला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । विगतको श्रमबाट भने लाभ हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।