बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कृषिमा पहुच बढाऔँ

बिहिवार , फाल्गुण २७, २०७७

सिन्धुलमिा कृषि क्षेत्रमा निर्भर हुनेको संख्या बढ्दै गएको छ । स्थानिय सरकारको अनुदान र सेवासुविधाका कारण पनि कृषि क्षेत्रमा लाग्नेको संख्या ठूलो छ । जिल्लाका सबैजसो स्थानिय तहमा कृषिको राम्रै संभावना छ । तर, जनशक्तिको अभाव र प्रविधिको प्रयोग नहुँदा कृषि क्षेत्रबाट उच्च आम्दानि हुन सकिरहेका छैन । जिल्लामा कृषिजन्य पदार्थको आयात ठूलो संख्यामा हुने गरेको छ । कृषि क्षेत्रको विकासमा स्थानिय सरकार लगायत जिम्मेवार निकायको पहल बढिरहेको छ । तर, सरकारी लगानिले मात्र कृषि क्षत्रेको विकास असंम्भव छ । किनभने, लगानिमात्र गर्ने तर अनुगमनमा ध्यान नदिने हो भने सरकारी लगानी बालुवामा पानी हाले सरह हो । त्यसैगरि, अुनदान र सेवा सुविधा प्रदान गर्दा वास्तविक किसानले भन्दा पनि सरकारी सुविधाको लोभगर्नेहरु लाभान्वित हुदाँ समस्या हुने गरेको छ । तसर्थ, वास्तविक कृषकको पहिचान गरेर स्थानिय सरकारले सेवासुविधा वितरण गर्नुपर्छ ।

कृषिमा आत्मनिर्भरताका लागि सरकारी विभिन्न निकायहरु छन् । केहि सरकारी कार्यालयहरुबाट पनि कृषिमा व्यापार गर्नेहरुसँग मिलेमत्तो गरेर अघि बढेको गुनासो पनि आउने गर्दछ । जसले गर्दा कृषकहरुनै मारमा पर्ने गरेका छन् । त्यसैले यी सबै पक्षलाई नजरअन्दाज नगरि सरोकारवाला निकायले आवश्यक कदम चाल्न जरुरी छ । अतः कृषीमा पहँुच बढाउनकालागि जिम्मेवार निकाय थप अग्रसर हुन आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया