काठमाडौँ, ,२५ फाल्गुन – नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई नियुक्त गरेको हो।
बैंकको कार्यकारी निर्देशकहरुको वरियताक्रममा ढुंगाना तेस्रोमा र मिश्र तेर्हौं स्थानमा थिए। तर, प्रधानमन्त्रीको गृहजिल्लाका भएकै कारण कनिष्ठ भएपनि उनीहरुलाई नियुक्ति दिइएको बताइन्छ।
मिश्रको सेवा अवधि १८ वर्ष मात्र भएको छ। पेन्सन हुनका लागि मात्र दुई वर्ष बाँकी भएको अवस्थामा मिश्र डेपुटी गभर्नर बनेका हुन्। राष्ट्र बैंकको इतिहासमा पेन्सन नभई रिटायर्ड भएर डेपुटी गभर्नर हुने कार्यकारी निर्देशकहरुमा उनी दोस्रो हुन्। निलम राष्ट्र बैंककाे डेपुटीमा पुग्ने पहिलाे महिला कार्यकारी बनेकी छन् ।
जनआस्थाबाट साभार
आज बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ, २६ फागुन - स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ । रु एक हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ ।
आज फाल्गुण २६ गते बुधबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २६ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वादशी,२२ घडी ३३ पला, दिउसो ०३ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–श्रवण,३८ घडी २९ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त धनिष्ठा । योग– परिध,१३ घडी १३ पला,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त शिब । करण– तैतिल,दिउसो ०३ बजेर २३ मिनेट उप्रान्त गर,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान २९ घडी २८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँगै मनमुटाव बढ्न सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । विशेष अध्ययनका लागि विदेश यात्रा सम्मको योग छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मान सम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । काममा उत्साह जाग्नेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।