शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा नारी दिवसमा खाद्य महोत्सव सम्पन्न

मंगलवार , फाल्गुण २५, २०७७

सिन्धुली,२५ फाल्गुण – कमलामाई नगरपालिका–६ स्थित सौगात लघु उद्यम सहकारी संस्थाले १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार एक दिने खाद्य महोत्सव सम्पन्न गरेको छ ।

उक्त महोत्सवको एक समारोह बीच कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले उद्घाटन गर्नु भएको थियो । खाद्य महोत्सवमा सौगात लघु उद्यम सहकारी संस्थामा आबद्ध स्थानिय महिलाहरुले बनाएको खाना तथा अन्य उत्पादनको १० वटा स्टल राखी प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

उक्त सहकारी संस्थाकी अध्यक्ष बिमला थापाले कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त खाद्य महोत्सव आयोजना गरिएको जानकारी दिनु भयो । “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने मुल नाराको साथमा मनाउन लागिएको यस बर्षको उक्त महोत्सवमा नारीहरुले नै उत्पादन गरेको बिभिन्न खानाको परिकार सहित बिभिन्न उत्पादित समानहरुको प्रदर्सनी गरिएको थापाको भनाई छ ।

खाध्य महोत्सबमा खान्न स्टल, ढाकाको सामान, फाईबर झोल, च्याउ तथा तर्कारी, बासबाट बनाईएका बिभिन्न सामान, अचारका परिकार, डल, चप्पल लगायतको स्टल रहेको थियो । खानाको परिकारमा सेलरोटी, फापरको फुलउरा, फापर कोदोको रोटी, पिडालु, केरा, आलु च्याउको मिक्स पकौडा, केराको मःमः, गुन्द्रुक, टिम्मुरको अचार, सिस्नु लगायतको प्रदर्शनी गर्न लागिएको उक्त संस्थाले जनाएको छ ।

बाहिरबाट ल्याईएको खानाहरु खाई रहदा जिल्लामै महिला उद्यमीहरुले उत्पादन गरेको बिभिन्न खानाको परिकार सहित उत्पादन गरेको सामानहरुलाई सम्पुण सिन्धुलीबासिलाई चिनाउने उदेश्यले पनि खाद्यान्न महोत्सबको आयोजना गरिएको अध्यक्ष बिमला थापाको भनाई छ ।

प्रतिक्रिया