शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज फाल्गुण २५ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , फाल्गुण २५, २०७७

वि.सं.२०७७ साल फाल्गुन २५ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–एकादशी,२४ घडी ५७ पला, बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तराषाढा,३८ घडी ५६ पला,बेलुकी ०९ बजेर ५७ मिनेट उप्रान्त श्रवण । योग–वरियान,१८ घडी ०९ पला,दिउसो ०१ बजेर ३८ मिनेट उप्रान्त परिध । करण– बालव,बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान २९ घडी २४ पला । विजया एकादशी । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढेपनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाटको समय छ । विभिन्न उपहार समेत पाइएला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यावहारिक झमेला आइलाग्न सक्छन् । तर, अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आँटले जटिल काम समेत सम्पादन हुन सक्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- इच्छा शक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । विदेश यात्राको सम्भावना छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनु होला । मेहनत गर्दा पढाइ लेखाइमा प्रगति हुने समय छ । खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । मान सम्मानमा चोट पुग्न सक्छ । परिश्रमबाटै घर जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

आज दिउँसो :– गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश नं १ को पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया