भरतपुर, २४ फागुन - देवघाटमा जोडी दौड प्रतियोगिता भएको छ । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देवघाट गाउँपालिकाले आयोजना गरेको जोडी दौड प्रतियोगितामा १४ जोडी सहभागि भएका छन् । श्रीमतिले श्रीमानलाई बोकेर १ सय मिटर दौडमा सहभागि भएका थिए । प्रतियोगितामा देवघाट–५ का २७ वर्षिया विष्णु अधिकारी र ४० वर्षिय पदम अधिकारीको जोडी प्रथम भएको छ ।

यस्तै सोही वडाकै २३ वर्षिया गंगा गुरुङ र २९ वर्षिय नविन गुरुङको जोडी द्वीतिय, ४५ वर्षिया सीता लामिछाने थापा क्षेत्री र ५६ वर्षिय बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय, यस्तै २७ वर्षिया उजेली पन्त पोखरेल र ३५ वर्षिय भरत पोखरेलको जोडीले सान्त्वना जित हासिल गर्नुभएको छ । विजयी सबैलाई ट्रफि र मेडल पुरस्कार दिइएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जोडी दौड प्रतियोगिताले ३ सन्देश दिएको बताउनुभयो । पुरुष सरह क्षमता भएको, मानवीय रुपमा पनि सक्षम भएको र सुमधुर सम्बन्ध रहेको सन्देश दिएको बताउनुभयो ।

उपाध्यक्ष विमला थापाले नेपालमै पहिलो पटक गरिएको जोडी दौड कार्यक्रमले महिला सक्षम रहेको सन्देश दिएको बताउनुभयो । उहाँले आगामी वर्ष अन्य स्थानीय तहले पनि जोडी दौड प्रतियोगिता गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले महिला हिंसा रोकथाम गर्न घरपरिवारनै जागरुक बन्नुपर्ने बताउनुभयो । “प्रतियोगिताले नारी–पुरुषलाई समान अधिकार दिनुपर्ने विषयलाई उजागर गरेको छ”, उहाँले भन्नुभयो, “महिलाहरु सबै क्षेत्रमा सक्षम छन्, नेतृत्वदायी भूमिका दिनुपर्छ ।” यसैबीच कूर्चीचाल प्रतियोगिता र महिला स्वस्थ दाँत प्रतियोगिता समेत गरिएको छ।
नयाँ खेलले नारीप्रति सम्मान थप्यो
देवघाट गाउँपालिकाले अन्र्तराष्ट्रिय नारी दिवसका दिन जोडी दौड प्रतियोगिता ग¥यो । देवघाट–५ क्युँदीमा रहेको कालिका माविमा भएको खेल हेर्न बालबालिका देखि वृद्धवृद्धा आएका थिए । गाउँपालिकाले नजिकै रहेको सिटिहलमा प्रतियोगिताका सहभागिलाई दोसल्ला र रातो टिका लगाएर प्रोत्साहन गरेको थियो । ५० मिटर लामो चौर दुईपटक पार गर्नुपर्दथ्यो । पिठ्युमा बोकेका श्रीमानले भूईमा टेकेमा वा लडेमा खेलबाट बाहिरिनुपर्दथ्यो ।कैयन सहभागिले दोसल्लालाईनै नाम्लो जस्तो बनाएर श्रीमानलाई बोकेका थिए ।

तृतिय भएकी ४५ वर्षिया सीता लामिछाने क्षेत्रीले खेलले हौसला बढाएको बताउनुभयो । “कैयन घाँस, दाउरा बोकियो, तर श्रीमानलाई पहिलो पटक यति धेरै मान्छेका बीच बोकेको हुँ”, उहाँले भन्नुभयो, “यो खेलले हामी कमजोर रहेनछौँ भन्ने सिकायो ।” ५६ वर्षिय श्रीमान बमबहादुरले खेलले श्रीमान–श्रीमतिको माया झन गाढा भएको प्रतिक्रिया दिनुभयो । नारायणगढका व्यवसायी सुनिता सापकोटा र लेखनाथ सापकोटा पनि दौडमा सहभागि भए । “जित्ने भनेर सहभागि भएका थिएनौँ”, सुनिताले भन्नुभयो, “नौलो खेल खेलियो, नारी सक्षम छन् भन्ने सन्देश दिएझै लाग्यो ।” भरतपुरका सर्प संरक्षण अभियान्ता यमलाल भण्डारी र मनरुपा गैरे पनि दौडमा सहभागि भए । “कस्तो होला जोडी दौड भनेर सहभागि भएका हौँ”, उहाँले भन्नुभयो, “यो खेलको सिको हुनुपर्छ, अन्य क्षेत्रमा पनि हुनुपर्छ ।”
आज फाल्गुण २४ गते सोमबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २४ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–दशमी,२८ घडी २२ पला, बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा,४० घडी २७ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग– व्यातिपात,२३ घडी ५४ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज,बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी २० पला । नारी दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । तपाईंको विचारलाई धेरैले मन पराउने छन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुनुका साथै रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्य योजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते :- बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाई अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योग तर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ । चोट पटकको योग देखिएकाले सवारी साधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।