काठमाडौ, २३ फागुन – नेकपा (बहुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरी पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गर्ने संसदीय दलको निर्णयबारे संसद सचिवालयलाई जानकारी गराउने भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सम्पन्न बैठकले सांसदहरूसहितको टोली संसद सचिवालयमा गएर जानकारी गराउने निर्णय गरेको हो । दलको नेता परिवर्तन भएको जानकारी गराउन प्रचण्ड–नेपाल निकट सांसदहरू अहिले संसद सचिवालय जाँदै गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिनुभएको छ ।
बैठकले प्रधानमन्त्रीविरुद्ध ल्याउने भनिएको अविश्वासको प्रस्तावबारे कुनै निर्णय नगरेको पनि उहाँले बताउनुभयो । भन्नुभयो ‘छलफल भैरहेको छ, अहिले कुनै निर्णय भएको छैन ।’ त्यस्तै,आजको बैठकमा केही सांसदहरू थपिएको समेत उहाँले जानकारी दिनुभयो ‘को–को थपिए भनेर अहिले नै भन्ने अवस्था छैन, तपाईंले परिस्थिति बुझ्नुभएकै छ । अहिले नाम सार्वजनिक गर्दा के हुन्छ थाहा नै छ । तर, अस्तिको बैठकमा सहभागी नहुनुभएका केही माननीयज्यू आज आउनुभएको छ ।’
यसअघि नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दल बैठकमा १ सय १५ जना सांसदले हस्ताक्षर गरेको बताइएको थियो । सांसद झाँक्रीले सो संख्या अहिले १ सय २० पुगेकोतर्फ संकेत गर्नुभएको छ । तपाईंहरूको पक्षमा सांसदहरूको संख्या बढेको हो र ? भन्ने प्रश्नको जवाफमा हाँस्दै भन्नुभयो ‘अहिले निर्वाचन भएको छ र संख्या बढ्नलाई ?’ उहाँको भनाई थियो, ‘तटस्थ रहनुभएका साथीहरू यता आउनुभएको छ । अहिले धेरै कुरा नखोलौं ।’
यसैबीच संसद सचिवालयका महासचिव भरतराज पौडेलसँग अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गर्नुभएको बताइएको छ ।
जन आस्थाबाट साभार
सत्ताको सुई को तिर ?
काठमाडौ, २३ फागुन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएपछि राजनीतिमा तरंग आएको छ । यसअघि प्रधानमन्त्री बन्न तम्सिएका देउवा एकाएक पछाडि हटेको संकेत हो यो ।
देउवाले दुई कारणले प्रधानमन्त्रीको दौडमा नरहेको बताएको बुझिन्छ । पहिलो पार्टीभित्रबाट आफूलाई प्रधानमन्त्री बन्न नदिइने बुझेर या नेकपाको कानुनी विभाजन नभई अगाडि बढ्दा ठुलो झड्का खानुपर्ने अवस्था भएर । जे होस् देउवा पछाडि हटेको लगभग निश्चित भइसकेको छ ।
देउवा दौडबाट बाहिरिएका हुन् भने सत्ताको सुई अब कि त उनकै दलका अर्का नेता या तेस्रो ठुलो दल जनता समाजवादी पार्टी तर्फ पुगेको छ । काँग्रेसभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्रीका दाबेदार हुन् । उनले विगतमा संसदीय दलको चुनावमा देउवालाई चुनौती दिई ६३ सांसदमध्येबाट २१ मत प्राप्त गरेका थिए । देउवाले त्यतिबेला ४२ मत पाए । अब १४ सासद तान्न सकेमा वा देउवाको समर्थन पाएमा मात्र प्रकाशमान संसदीय दलको नेता बनेर प्रधानमन्त्रीको बलियो दाबेदार बन्न सक्छन् ।
काँग्रेसभित्र देउवाले विपक्षमै बस्ने बताइरहँदा अर्को दल जनता समाजवादी पार्टीतर्फ पनि सत्ताको सुई घुमेको छ । जसपाभित्र प्रधानमन्त्रीको दाबेदार तीनजना छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य दाबेदार हुन् । भट्टराईको नाममा प्रचण्ड पनि सकारात्मक हुने सम्भावना छ । दुई नेताबीच प्रतिनिधि सभा विघटनको कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुने सहमति हुँदा भेटवार्ता भएको थियो । यो आफैमा अर्थपूर्ण बन्यो ।
भट्टराई प्रधानमन्त्री बन्ने गरी अविश्वासको प्रस्ताव लाने नेकपाको प्रचण्ड-नेपाल समूहलाई कम्तिमा १०० सांसदसहित बढ्नुपर्ने हुन्छ । बाँकी सांसदको समर्थनका लागि साना दलको समर्थन अनिवार्य हुन्छ ।
नेकपाको कानुनी रुपमा विभाजित नभएकोले प्रधानमन्त्री ओली नै सत्तामा रहने सम्भावना पनि छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नयाँ प्रस्ताव आउन पनि कठिन देखिएको छ । दाहाल नेपाल समूहको काँग्रेस र जसपासँग सहमति बनिसकेको छैन । कस्को नाम प्रधानमन्त्रीका लागि लिएर जाने भन्नेमा अझै अन्यौल देखिन्छ । यसले ओलीलाई फाइदा पुगेको छ ।
नेकपाभित्र दाहाल-नेपाल समूह बलियो भई प्रचण्ड या माधवकुमार नेपालमध्ये एक प्रधानमन्त्रीका लागि अगाडि बढ्ने सम्भावना पनि बलियो छ । त्यसका लागि उनीहरुले काँग्रेस या जसपाको साथ लिनुपर्ने हुन्छ । काँग्रेसको साथ लिंदा अहिले नै आवश्यक संख्या पुग्छ । तर, जसपाको साथ लिने कम्तिमा एक सय सांसद साथमा हुनुपर्छ ।
दलहरुबीच विश्वासको संकट कायमै हुने हो भने फेरि चुनावी सरकारमा सहमति भई स्वतन्त्र व्यक्तिको अध्यक्षतामा चुनावी सरकार बन्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको भाग्योदय हुनसक्छ । तर, यो सम्भावना कमजोर छ ।
रिपोटर्स नेपालबाट साभार।
आज फाल्गुण २३ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- काममा रुची घ ट्नेछ भने मनमा ख राब विचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा), :- सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दि हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । शुभ चिन्तकहरूले आफ्ना कमजोरी प्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । व्यवसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-धर्म कर्ममा रुची बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई वेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको केही स्थानहरुमा तथा वागमती र प्रदेश १ का थोरै स्थानहरुमा मे घ ग र्जन/च ट्टयाङ सहित ह ल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा ह ल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मे घ ग र्जन/च ट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।