काठमाडौ, २३ फाल्गुन - आजबाट प्रतिनिधि सभा बैठक सुरु हुँदैछ । अपरान्ह ४ बजे बस्ने बैठकबारे आम चासो बढेको छ । सर्वोच्च अदालतले ११ फागुनमा संवैधानिक इजलाशबाट प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएर १३ दिनभित्र बैठक डाक्न निर्देशन दिए बमोजिम आज बैठक डाकिएको हो ।
आजको बैठकमा विभाजित नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु कुन स्थानमा बस्छन् भन्ने चासोको विषय बनेको छ । नेकपाभित्र सभामुखसहित १७४ प्रतिनिधि सभा सांसद रहेकोमा दुवै पक्षले आफूसँग ९० भन्दा बढी रहेको दाबी गरेका छन् । आजको बैठकमा सभामुखले उनीहरुको स्थान कसरी निक्र्यौल गर्नेछन् प्रतिक्षाको विषय छ ।
नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूहरु संसदीय दलको नेता दाबी गर्दै आएका छन् । सभामुखले यसको टुंगो कसरी लगाउने हुन् ? चासो बढेको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध नेकपाकै दाहाल-नेपाल समूहले प्रचण्डको नाम प्रधानमन्त्रीको प्रस्ताव गरेर अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेको छ । दर्ता प्रस्तावबारे के हुन्छ चासोको विषय छ । उक्त प्रस्ताव अगाडि नबढाइने बुझिएको छ । तर, घटनाक्रम प्रचण्डको पक्षमा देखिए प्रस्ताव बढ्न सक्छ ।
प्रतिनिधि सभा बैठक शुरु भएलगत्तै फेरि अन्त गर्ने प्रधानमन्त्री ओलीको रणनीति पनि हुनसक्छ । यस्तो भएमा फेरि राजनीतिक टकराव बढ्नसक्छ । तर, यो बैठकले नेकपाको कानुनी विभाजनको पनि टुंगो लगाउन सक्छ ।
प्रतिनिधि सभा बैठकले अबको प्रधानमन्त्रीको टुंगो पनि लगाउनेछ । प्रधानमन्त्रीमा कम्तिमा ७ जना दाबेदार देखिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएर तरंग ल्याइदिएका छन् ।
काँग्रेसभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्रीका दाबेदार हुन् । उनले विगतमा संसदीय दलको चुनावमा देउवालाई चुनौती दिई ६३ सांसदमध्येबाट २१ मत प्राप्त गरेका थिए । देउवाले त्यतिबेला ४२ मत पाए ।
जनता समाजवादी पार्टीतर्फ पनि सत्ताको सुई घुमेको छ । जसपाभित्र प्रधानमन्त्रीको दाबेदार तीनजना छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य दाबेदार हुन् ।
नेकपाको कानुनी रुपमा विभाजित नभएकोले प्रधानमन्त्री ओली नै सत्तामा रहने सम्भावना पनि छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नयाँ प्रस्ताव आउन पनि कठिन देखिएको छ । दाहाल नेपाल समूहको काँग्रेस र जसपासँग सहमति बनिसकेको छैन ।
नेकपाभित्र दाहाल नेपाल समूह बलियो भई प्रचण्ड या माधवकुमार नेपालमध्ये एक प्रधानमन्त्रीका लागि अगाडि बढ्ने सम्भावना पनि बलियो छ । त्यसका लागि उनीहरुले काँग्रेस या जसपाको साथ लिनुपर्ने हुन्छ । काँग्रेसको साथ लिंदा अहिले नै आवश्यक संख्या पुग्छ । तर, जसपाको साथ लिने कम्तिमा एक सय सांसद साथमा हुनुपर्छ ।
रिपोटर्स नेपालबाट साभार।
ओली समूहले संसद अवरुद्ध पार्ने
काठमाडाैं२३ फागुन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।
‘आइतबारदेखि सदन चल्दैछ। नेकपा औपचारिक रूपमा विभाजन भएको छैन। सभामुखले दलको नेताका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्ड (पुष्पकमल दाहाल) लाई गर्न खोजे त्यसको प्रतिवाद गरिनेछ,’ ओली समूहका एक सांसदले भने।
उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिई कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो। नागरिक दैनिकमा खबर छ ।
नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग
चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै विवाद निरुपण गर्न प्रक्रिया अघि बढाउने बताएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
‘सम्भवतः आइतबार बस्ने आयोगको बैठकबाटै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम प्रक्रियामा लैजानेछु,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।
नेकपाको आधिकारिकताको विवाद टुंग्याउन आलटाल गरिरहेको स्थितिमा प्रचण्ड र नेपाल पषले शुक्रबार दोस्रोपटक आधिकारिकता दाबी गरेको थियो । यसअघि आयोगमा गरिएको आधिकारिकताको दाबीलाई कानुनको छिद्र खोजेर पन्छिन खोजिरहेको आयोगलाई अब विवाद नसुल्झाइ सुख नै नपाउने अवस्था निम्तिएको आयुक्तहरु बताउँछन् । पछिल्लोपटक नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर आयोगको ध्यान गएको थियो ।
एक रात सुत्दा ६ लाखसम्म पाइने, तर पूरा गर्नुपर्छ यस्ता शर्त !
एजेन्सी– आजको समयमा जो पनि धनी बन्न चाहन्छन् । तर धनी बन्नको लागि कडा मिहेनत भने गर्न कोही चाहँदैनन् ।
धेरैजसो मानिसहरुले धनी बन्नको लागि बिहानै उठ्नु पर्दछ, जहिल्यै एक्टिभ रहनुपर्दछ भन्ने मान्यता राख्दछन् । तर एक खबरका अनुसार पपुलर स्ट्रिमिङ्ग वेबसाइट ट्विट्चले आफ्ना कर्मचारीहरुलाई (स्टार्ट इयरनिङ मनि बाई स्लिपीङ)को बदलामा लाखौँ रुपैयाँ दिइरहेको छ ।
यो वेबसाइटले जनाएअनुसार एक रात सुत्दा तपाई लखपति बन्न सक्नुहुन्छ । तर यसका लागि तपाइँले आफ्नो बेडको नजिक वेबक्याम लगाउनु पर्दछ । सुत्दा लाईट स्ट्रीमिङ गर्नुपर्दछ । यस्तो गरेमा तपाई लाखौँ रुपैयाँ कमाउन सक्नुहुनेछ ।
सुत्ने अलावा कम्पनीले तपाईलाई अन्य कुराहरुको स्ट्रीमिङ गर्ने अनुमति पनि दिने गर्दछ । जस्तै तपाई कला। म्युजिक र गेमिङ जस्ता कुराहरु लाइभ स्ट्रीमिङ गरेर पैसा कमाउन सक्नुहुन्छ ।
केही दिन अगाडि अमेरिकाका भिडियो मेकर म्याथ्थे रिनाडोले एक रातमा आफू सुतेर लाइव स्ट्रीम गर्दा ५६०० डलर कमाएको जनाएका थिए ।एजेन्सीको सहयोगमा
सत्ताको सुई को तिर ?
काठमाडौ, २३ फागुन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएपछि राजनीतिमा तरंग आएको छ । यसअघि प्रधानमन्त्री बन्न तम्सिएका देउवा एकाएक पछाडि हटेको संकेत हो यो ।
देउवाले दुई कारणले प्रधानमन्त्रीको दौडमा नरहेको बताएको बुझिन्छ । पहिलो पार्टीभित्रबाट आफूलाई प्रधानमन्त्री बन्न नदिइने बुझेर या नेकपाको कानुनी विभाजन नभई अगाडि बढ्दा ठुलो झड्का खानुपर्ने अवस्था भएर । जे होस् देउवा पछाडि हटेको लगभग निश्चित भइसकेको छ ।
देउवा दौडबाट बाहिरिएका हुन् भने सत्ताको सुई अब कि त उनकै दलका अर्का नेता या तेस्रो ठुलो दल जनता समाजवादी पार्टी तर्फ पुगेको छ । काँग्रेसभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्रीका दाबेदार हुन् । उनले विगतमा संसदीय दलको चुनावमा देउवालाई चुनौती दिई ६३ सांसदमध्येबाट २१ मत प्राप्त गरेका थिए । देउवाले त्यतिबेला ४२ मत पाए । अब १४ सासद तान्न सकेमा वा देउवाको समर्थन पाएमा मात्र प्रकाशमान संसदीय दलको नेता बनेर प्रधानमन्त्रीको बलियो दाबेदार बन्न सक्छन् ।
काँग्रेसभित्र देउवाले विपक्षमै बस्ने बताइरहँदा अर्को दल जनता समाजवादी पार्टीतर्फ पनि सत्ताको सुई घुमेको छ । जसपाभित्र प्रधानमन्त्रीको दाबेदार तीनजना छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य दाबेदार हुन् । भट्टराईको नाममा प्रचण्ड पनि सकारात्मक हुने सम्भावना छ । दुई नेताबीच प्रतिनिधि सभा विघटनको कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुने सहमति हुँदा भेटवार्ता भएको थियो । यो आफैमा अर्थपूर्ण बन्यो ।
भट्टराई प्रधानमन्त्री बन्ने गरी अविश्वासको प्रस्ताव लाने नेकपाको प्रचण्ड-नेपाल समूहलाई कम्तिमा १०० सांसदसहित बढ्नुपर्ने हुन्छ । बाँकी सांसदको समर्थनका लागि साना दलको समर्थन अनिवार्य हुन्छ ।
नेकपाको कानुनी रुपमा विभाजित नभएकोले प्रधानमन्त्री ओली नै सत्तामा रहने सम्भावना पनि छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नयाँ प्रस्ताव आउन पनि कठिन देखिएको छ । दाहाल नेपाल समूहको काँग्रेस र जसपासँग सहमति बनिसकेको छैन । कस्को नाम प्रधानमन्त्रीका लागि लिएर जाने भन्नेमा अझै अन्यौल देखिन्छ । यसले ओलीलाई फाइदा पुगेको छ ।
नेकपाभित्र दाहाल-नेपाल समूह बलियो भई प्रचण्ड या माधवकुमार नेपालमध्ये एक प्रधानमन्त्रीका लागि अगाडि बढ्ने सम्भावना पनि बलियो छ । त्यसका लागि उनीहरुले काँग्रेस या जसपाको साथ लिनुपर्ने हुन्छ । काँग्रेसको साथ लिंदा अहिले नै आवश्यक संख्या पुग्छ । तर, जसपाको साथ लिने कम्तिमा एक सय सांसद साथमा हुनुपर्छ ।
दलहरुबीच विश्वासको संकट कायमै हुने हो भने फेरि चुनावी सरकारमा सहमति भई स्वतन्त्र व्यक्तिको अध्यक्षतामा चुनावी सरकार बन्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको भाग्योदय हुनसक्छ । तर, यो सम्भावना कमजोर छ ।
रिपोटर्स नेपालबाट साभार।
आज फाल्गुण २३ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- काममा रुची घ ट्नेछ भने मनमा ख राब विचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा), :- सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दि हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । शुभ चिन्तकहरूले आफ्ना कमजोरी प्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । व्यवसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-धर्म कर्ममा रुची बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई वेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
आज दिउँसो :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको केही स्थानहरुमा तथा वागमती र प्रदेश १ का थोरै स्थानहरुमा मे घ ग र्जन/च ट्टयाङ सहित ह ल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा ह ल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मे घ ग र्जन/च ट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।