बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नेम्वाङ प्रधानमन्त्री बन्दै यस्तो बन्यो ओलीको मुड !

आइतवार , फाल्गुण २३, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छाड्नै परे आफ्नै विश्वासपात्रको हातमा सुम्पने गरी प्रस्ताव अघि बढेको छ । प्रधानमन्त्रीका हरेक विवादास्पद कदममा जानेर, नजानेर, रहरले या कहरले साथ दिँदै आउनुभएका सुवास नेम्वाङलाई सिंहदरबार र बालुवाटारको जिम्मा लगाएर आफू बालकोट जान तयार रहेको भन्ने ओलीको प्रस्तावलाई नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ठाडै अस्वीकार गरिदिनुभएको हो ।

बानेश्वरस्थित संसद भवनभित्रको ल्होत्से हलमा आज ३ बजेको लागि निर्धारित नेकपा ओली समूहको संसदीय दल बैठक एकाएक बालुवाटार सारिएको थियो । साढे ३ बजे शुरु भएको बैठकमा थोरै समय बोलेर मेलम्चीको पानी खसाल्ने भन्दै प्रधानमन्त्री एकैछिनमा निस्किनु भएको थियो । बैठकलाई लगभग अनौपचारिक ढंगले अन्त्य गरिएको सहभागी एकजना माननीयले बताएका छन् ।

मकवानपुरका नेकपा नेता कृष्णप्रसाद दाहाललाई प्रयोग गरेर प्रचण्ड-नेपाल समूहलाई फकाउने कोशिस पनि एकैसाथ गरिएको थियो ।

बिहीबार अपरान्हदेखि प्रधानमन्त्रीको योजना र रणनीति खस्कन थालेपछि बालुवाटारले शुक्रवार एकैचोटी तीन चार ठाउँमा लाग्ने गरी नयाँ अस्त्र प्रहार गरे पनि ती सफल साबित भएका छैनन् ।

बूढी औंलामा चोट लागेर ह्याण्डीप्लास्ट लगाई बस्नुभएका उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा शुक्रवार साँझ प्रधानमन्त्रीसहित छ जना मन्त्री तथा सल्लाहकार र नेताहरू रहेको उच्चस्तरीय टोली एकाएक बालुवाटारबाट हान्निएको थियो । त्यसरी सबैलाई चक्मा खुवाउने गरी भैंसेपाटी जानुको गुह्य गौतम हामीहरूसँगै छन् भनेर बाहिर सन्देश दिन खोज्नु हो भन्ने एकथरिको टिप्पणी छ । ढुलमुलको अवस्थामा रहेका भनिएका तुल्सा थापा र लालबाबु पण्डितसहित ७ जना सांसदलाई विश्वास दिलाउन हिजो साँझको भैंसेपाटी यात्रा तय गरिएको बताइन्छ ।

तुल्सा थापा र लालबाबु पण्डितसहित ७ जना सांसदलाई विश्वास दिलाउन हिजो साँझको भैंसेपाटी यात्रा तय गरिएको बताइन्छ ।

त्यसैगरी, यसबीच नेपाली काँग्रेसलाई गृह मन्त्रालयसहित १५ वटा मन्त्रालयको अनौपचारिक अफर गरिएको पनि बोहोराटारतिर चर्चा छ ।

आजै प्रतिनिधि सभाको अर्थ समितिका सभापति तथा मकवानपुरका नेकपा नेता कृष्णप्रसाद दाहाललाई प्रयोग गरेर प्रचण्ड-नेपाल समूहलाई फकाउने कोशिस पनि एकैसाथ गरिएको थियो । यसअघि पार्टी विवाद उत्कर्षमा पुगेका बेला ७१ जना सांसद विभाजन भएमा कतै नलाग्ने भनेर प्रतिबद्धता जाहेर गरेका थिए ।

आज बिहानदेखिको दौडधुपको सार थियो ‘हामीले प्रधानमन्त्रीलाई बल्लबल्ल राजीनामा दिन मनाएका छौं,अब उहाँको रोजाईको नेतालाई वैकल्पिक प्रधानमन्त्री बनाएर जाऔं । बरु त्यसको लागि आजै संयुक्त विज्ञप्ति नै जारी गरेर अघि बढौं ।’

तिनै हस्ताक्षरकर्तामध्ये केहीलाई ‘लौ पार्टी मिलाउन पर्यो’ भन्दै बालुवाटारबाट खुमलटार र कोटेश्वरतर्फ दौडाइएको हो । उनीहरूले दुवै ठाउँमा ‘नयाँ ढंगले जानुपर्यो कमरेड’ भनेका थिए ।

उनीहरूको शनिवार बिहानदेखिको दौडधुपको सार थियो ‘हामीले प्रधानमन्त्रीलाई बल्लबल्ल राजीनामा दिन मनाएका छौं,अब उहाँको रोजाईको नेतालाई वैकल्पिक प्रधानमन्त्री बनाएर जाऔं । बरु त्यसको लागि आजै संयुक्त विज्ञप्ति नै जारी गरेर अघि बढौं ।’ तर,त्यो प्रयास पनि क्षण भरमै निस्तेज भएको छ ।

बालुवाटारको प्रस्ताव सुनाउँदै दाहाललगायतका माननीयले भनेका थिए ‘सुवासबाहेक अरुको नाममा बूढा मान्दैनन् । त्यसैले उहाँलाई बनाऔं,युवा पुस्तामा नेतृत्व हस्तान्तरण भएको सन्देश पनि जान्छ ।’ तर,जवाफमा ‘६५ पुगेका नेम्वाङ्ग कसरी युवा पुस्ता भए ? उनी केपी ओलीका हरेक कदमका सारथी हुन्’ भनिएपछि बालुवाटारको प्रस्ताव बोकेर गएकाहरू नाजवाफ भएको स्रोतको दाबी छ ।

दाहाल र नेपालको जवाफ उद्धृत गर्दै स्रोतले भनेको छ ‘माधव नेपालको विश्वासमा पूर्व सभामुख र दुुईपटक संविधान सभाको अध्यक्ष भएका व्यक्तिले ओलीलाई खबरदारी गरेर ट्र्याकमा राखेको भए वा राख्न चाहेको भए संसदीय दलको उपनेताबाट धेरै कुरा सल्टिन्थ्यो । तर,उनले आफ्नै नेतृत्वमा बनाइएको संविधान विपरित हुनेगरी उग्र बोलेर हिँडे । त्यस्तालाई कदापि स्वीकार्न सकिन्न ।’

त्यसो त अहिले प्रधानमन्त्री केपी ओलीको हैसियत हारेको जर्नेलभन्दा बढी छैन । तर, अदालतको आदेशबाट होओस् वा जनताको आन्दोलनको बलबाट जितेर आएको पक्षका प्रचण्ड, नेपाल वा खनाललाई नजरअन्दाज गर्न खोज्ने शक्ति ओलीलाई अझै कहाँबाट आयो ? भन्दै स्रोतले भनेको छ ‘ती तीनबाट बाहेक अन्यबाट अहिले प्रधानमन्त्रीको कल्पना पनि गर्न सकिँदैन ।’

‘उनीहरूबाट किन नहुने ? ओलीले नै मुद्दा हार्ने ? अनि उनैले भनेको मान्छे प्रधानमन्त्री हुनुपर्ने ? किमार्थ हुन सक्दैन । अब उनको सिंहदरबार र बालुवाटारबाट सम्मानजनक बहिगर्मनको विकल्प बाहेक अरु केही नरहेको’ स्रोतले दाबी गरेको छ । सम्मानजनक बहिगर्मनको ब्याख्या गर्दै स्रोतले भनेको छ ‘प्रतिनिधिसभा वा अन्य जहाँबाट भएपनि यो यो कारणले मैले राजीनामा दिएँ भनेर निस्कनुको विकल्प छैन, सम्बोधनमा मैले त्याग गरेँ भन्ने ।’

अब पार्टी र सरकारको नेतृत्व विजयी पक्षबाट हुने अन्यथा, प्रधानमन्त्रीलाई हटाउनुको विकल्प नरहेको खुमलटार स्रोतले बताएको छ । बालुवाटारबाट आएको पछिल्लो प्रस्तावबारे खुमलटार स्रोतले भनेको छ ‘घुमाइफिराई केपीलाई नै बलियो बनाउने, उनको लाज ढाक्नको लागि अरुले लम्पसार परिदिनुपर्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन । जनआस्था बाट

 

सत्ताको सुई को तिर ?

काठमाडौ, २३ फागुन - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएपछि राजनीतिमा तरंग आएको छ । यसअघि प्रधानमन्त्री बन्न तम्सिएका देउवा एकाएक पछाडि हटेको संकेत हो यो ।

देउवाले दुई कारणले प्रधानमन्त्रीको दौडमा नरहेको बताएको बुझिन्छ । पहिलो पार्टीभित्रबाट आफूलाई प्रधानमन्त्री बन्न नदिइने बुझेर या नेकपाको कानुनी विभाजन नभई अगाडि बढ्दा ठुलो झड्का खानुपर्ने अवस्था भएर । जे होस् देउवा पछाडि हटेको लगभग निश्चित भइसकेको छ ।

देउवा दौडबाट बाहिरिएका हुन् भने सत्ताको सुई अब कि त उनकै दलका अर्का नेता या तेस्रो ठुलो दल जनता समाजवादी पार्टी तर्फ पुगेको छ । काँग्रेसभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्रीका दाबेदार हुन् । उनले विगतमा संसदीय दलको चुनावमा देउवालाई चुनौती दिई ६३ सांसदमध्येबाट २१ मत प्राप्त गरेका थिए । देउवाले त्यतिबेला ४२ मत पाए । अब १४ सासद तान्न सकेमा वा देउवाको समर्थन पाएमा मात्र प्रकाशमान संसदीय दलको नेता बनेर प्रधानमन्त्रीको बलियो दाबेदार बन्न सक्छन् ।

काँग्रेसभित्र देउवाले विपक्षमै बस्ने बताइरहँदा अर्को दल जनता समाजवादी पार्टीतर्फ पनि सत्ताको सुई घुमेको छ । जसपाभित्र प्रधानमन्त्रीको दाबेदार तीनजना छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य दाबेदार हुन् । भट्टराईको नाममा प्रचण्ड पनि सकारात्मक हुने सम्भावना छ । दुई नेताबीच प्रतिनिधि सभा विघटनको कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुने सहमति हुँदा भेटवार्ता भएको थियो । यो आफैमा अर्थपूर्ण बन्यो ।

भट्टराई प्रधानमन्त्री बन्ने गरी अविश्वासको प्रस्ताव लाने नेकपाको प्रचण्ड-नेपाल समूहलाई कम्तिमा १०० सांसदसहित बढ्नुपर्ने हुन्छ । बाँकी सांसदको समर्थनका लागि साना दलको समर्थन अनिवार्य हुन्छ ।

नेकपाको कानुनी रुपमा विभाजित नभएकोले प्रधानमन्त्री ओली नै सत्तामा रहने सम्भावना पनि छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नयाँ प्रस्ताव आउन पनि कठिन देखिएको छ । दाहाल नेपाल समूहको काँग्रेस र जसपासँग सहमति बनिसकेको छैन । कस्को नाम प्रधानमन्त्रीका लागि लिएर जाने भन्नेमा अझै अन्यौल देखिन्छ । यसले ओलीलाई फाइदा पुगेको छ ।

नेकपाभित्र दाहाल-नेपाल समूह बलियो भई प्रचण्ड या माधवकुमार नेपालमध्ये एक प्रधानमन्त्रीका लागि अगाडि बढ्ने सम्भावना पनि बलियो छ । त्यसका लागि उनीहरुले काँग्रेस या जसपाको साथ लिनुपर्ने हुन्छ । काँग्रेसको साथ लिंदा अहिले नै आवश्यक संख्या पुग्छ । तर, जसपाको साथ लिने कम्तिमा एक सय सांसद साथमा हुनुपर्छ ।

दलहरुबीच विश्वासको संकट कायमै हुने हो भने फेरि चुनावी सरकारमा सहमति भई स्वतन्त्र व्यक्तिको अध्यक्षतामा चुनावी सरकार बन्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको भाग्योदय हुनसक्छ । तर, यो सम्भावना कमजोर छ ।

रिपोटर्स नेपालबाट साभार।

आज फाल्गुण २३ गते आईतबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- काममा रुची घ ट्नेछ भने मनमा ख राब विचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा), :- सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दि हुनेछ । बिग्रिएका कामहरु बन्ने छन् । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । मौकाको फाइदा उठाउन नसकिएला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव प्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । शुभ चिन्तकहरूले आफ्ना कमजोरी प्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । व्यवसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-धर्म कर्ममा रुची बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई वेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्न सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला ।

तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

आज दिउँसो :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको केही स्थानहरुमा तथा वागमती र प्रदेश १ का थोरै स्थानहरुमा मे घ ग र्जन/च ट्टयाङ सहित ह ल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा ह ल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मे घ ग र्जन/च ट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

प्रतिक्रिया