शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज फाल्गुण २२ गते शनिबारको राशिफल र मौसम

शनिवार , फाल्गुण २२, २०७७

  वि.सं.२०७७ साल फाल्गुन २२ गते शनिबार । ईश्वी सन् २०२१ मार्च ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–अष्टमी,३७ घडी ३८ पला, बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त नवमी । नक्षत्र– ज्येष्ठा,४५ घडी ५७ पला,रातको १२ बजेर ४८ मिनेट उप्रान्त मूल । योग–बज्र,३७ घडी २० पला,बेलुकी ०९ बजेर २२ मिनेट उप्रान्त सिद्धि । करण–बालव,बिहान १० बजेर ३४ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–बृश्चिक,रातको १२ बजेर ४८ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान २९ घडी १२ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- भौतिक साधन जुट्नेछन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् । आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- स्वास्थ्य कमजोर रहनाले सोचे जति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछ । हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनु होला । मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनु होला । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बौद्धिक कार्यबाट धन लाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन् । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भोतिक साधनको क्षति हुने समय छ । तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

आज दिउँसो :– प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बागमती प्रदेशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ । आज राती :– सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू- भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बागमती प्रदेशको को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ

प्रतिक्रिया