काठमाडौँ ,२१ फाल्गुण – प्रतिबन्धकाे फुकुवापछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवकाे पहिलाे तस्बिर सार्वजनिक भएकाे छ ।
सरकार र नेकपाबीच हिजाे वार्ताकाे सहमतिमा पुगेपछि विप्लवको पहिलो तस्बिर नवलपरासीमा सार्वजनिक भएको हाे । विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्न लागेकाे जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जनाएका छन् ।
सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेका विप्लव गाडीमा काठमाडौ आउँदैछन । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् ।
सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने समय तालिका छ ।