शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

विप्लवसमूह सरकार बीच तीन बुँदे सहमति,(हेर्नुस सहमति पत्र)

बिहिवार , फाल्गुण २०, २०७७

काठमाडौँ, २० फाल्गुण – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ।

सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको हो।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ।

सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एक विशेष समारोह गरेर सार्बजनिक गरिने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले गर्ने बताइएको छ ।

यसअघि बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा वार्ता भएको थियो । मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोली गठन गरेको सार्बजनिक गरेका थिए ।

वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने 'दीपक' रहेका थिए ।

 

सरकार–विप्लव समूहबीच वार्ताको गृहकार्य

सरकार र झण्डै दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताको तयारी शुरु भएको छ ।

विप्लव समूहसँग वार्ताका लागि सरकारले आन्तरिक तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको तयारी थाल्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले वार्ताका लागि सम्पर्क सूत्रका रुपमा काम गरिरहनुभएको छ । हिजो मात्रै विप्लव समूहका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।

मन्त्री थापाले १८ दिनअघि नख्खु जेलमा पुगेर उक्त पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेट्नुभएको थियो । सरकारले यो पार्टीलाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

हिजो विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले विप्लव समूहसँग वार्ता सफल हुने बताउनुभएको थियो ।

प्रतिक्रिया