शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज फाल्गुण १९ गते बुधबारको राशिफल र मौसम

बुधवार , फाल्गुण १९, २०७७

वि.सं.२०७७ साल फाल्गुन १९ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्थी,०० घडी ४८ पला, बिहान ०६ बजेर ४८ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– चित्रा,०१ घडी ५१ पला,बिहान ०७ बजेर १३ मिनेट उप्रान्त स्वाती । योग–वृद्धि,०८ घडी ०० पला,बिहान ०९ बजेर ४१ मिनेट उप्रान्त ध्रुव । करण–बालव,बिहान ०६ बजेर ४८ मिनेट उप्रान्त कौलव,बेलुकी ०५ बजेर ३८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान २८ घडी ५९ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । रुपैया पैसाको कारोबार हुने दिन रहेको छ । आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनु होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । उत्तम रोजगारी मिल्नेछ । नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ पनि होला । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायिक यात्राको सम्भावना छ । सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मन मुटाव पनि होला । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । पढाइ लेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ । काममा उत्साह जाग्नेछ । नोकरीमा पदोन्नति, व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ । साथै, टाढाको यात्रा पनि होला । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बौद्धिक कार्यबाट धन लाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन् । मानहानि वा अपजशको सम्भावना छ । कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ । कृषि कर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ, सावधान रहनु होला । लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस पुर्याउनु होला । निजी व्यवसाय र कृषि कर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । अनावश्यक खर्च, कर्जा र चोट पटकका लाग्न सक्छ सावधान रहनु होला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरी हुनेहरूका लागि पदोन्नतिको समय छ । तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हालको मौसमको अवस्था :– हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ । आज दिउँसो :– प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। आज राती :– प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया